
कानपुर–भारतको उत्तर प्रदेशको कानपुरमा एक व्यक्तिले तन्त्रमन्त्रको वहानामा आफ्नै छोरीलाई बलीमा चढाएकाछन्। भारतीय संचारमाध्यमका अनुसार आर्थिक अवस्था कमजोर भएका ३८ वर्षीय किसान गिरजेशले गरिवीका कारण निकै तनावमा थिए। उनले केही दिनदेखि आफ्ना परिवारका सदस्यसँग बोलचालसमेत बन्द गरेका थिए।
प्रहरीका अनुसार एक तान्त्रिकले उनलाई परिवारका कुनै एक सदस्यको बली चढाए आर्थिक अवस्था सुध्रिने बताएपछि उनले आफ्नै छोरीलाई वली दिएका हुन्। तान्त्रिको सल्लाह अनुसार गिरजेशले शनिबार रातिसम्म पूजा गरेका थिए। पूजा सकिने लागेपछि घरमा भएको हसिँयाले आफ्नी नौ वर्षीया छोरी खुशीको हत्या गरेको संचारमाध्यमले जनाएका छन्। मृतक बालिकाकी आमा सुनीताका अनुसार शनिबार जन्माष्टमीको पूजालाई लिएर उनको श्रीमानसँग विवाद भएको थियो।
श्रीमासँगको विवादपछि उनी आफ्ना तीन जना छोरा छोरीलाई लिएर घर बाहिर सुत्न गएकी थिइन्। मस्त निन्द्रमा रहेकी छोरीलाई श्रीमानले कतिबेला उठाएर बली दिए भन्ने थाहा नपाएको सुनीताले बताइन्। सुनीताका अनुसार छोरीलाई बली दिएको ठाउँमा फूल र अगरबत्ती चढाएको थियो। सो ठाउँमा रगतको आहाल जमेको थियो। प्रहरीले गिरजेशलाई पक्राउ गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्