×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधानसभाबाट धर्म निरपेक्षताको ब्याख्या पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

संविधानसभाबाट धर्म निरपेक्षताको ब्याख्या पारित

Artha Sarokar

२८ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल धर्मनिरपेक्ष मुलुक बन्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानमा धर्मनिरपेक्षताको साटो हिन्दु राष्ट्र राख्नु पर्ने माग गर्दै गरेको संशोधन प्रस्तावलाई संविधान सभाको बहुमतले अस्वीकृत गरिदिएको छ ।

संविधानको धारा ४ मा रहेको नेपाल धर्म निरपेक्ष राष्ट्र रहने भन्ने कुरा संशोधन गर्न थापाले प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई सभाध्यक्ष सुवास नेम्वाङले निर्णथार्य प्रस्तुत गर्दा बहुमतले यो प्रस्ताव अस्वीकृत गरेको थियो ।

कुल ६१ जना सभासद् प्रस्तावको पक्षमा रहेको भए मतदानमा जान सकिने व्यवस्था बमोजिम सो प्रस्तावको पक्षमा २१ जना सभासद् मात्रै उठेकाले नेम्वाङले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।

संविधानसभाको बैठकबाट संविधानको धारा ४ मा कांग्रेस एमाले र एमाओवादीले संयुक्त रूपमा राखेको संशोधन प्रस्ताव पारित भएको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी