×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाकाबन्दीको विरोधमा भारतीय च्यानल बन्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नाकाबन्दीको विरोधमा भारतीय च्यानल बन्द

Artha Sarokar

१० आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : नाकाबन्दीको विरोधमा चितवनमा भारतीय च्यानलहरु बन्द गरिएका छन् ।

एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियु चितवनले ६ घण्टाभित्र भारतीय टेलिभिजन च्यानलहरु बन्द गर्न अल्टिमेटम दिएपछि शनिबार साँझ ७ बजेदेखि भारतका हिन्दी च्यानलहरु बन्द गरिएको हो ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी नाकाबन्दी लगाएकाले अनेरास्ववियुले भारतीय टेलिभिजन च्यानलहरुको प्रसरण बन्द गराउन चितवन युनिक केबुल प्रालिलाई शनिबार अनेरास्ववियुले लिखित पत्र दिएको थियो ।

अनेरास्ववियु चितवनका अध्यक्ष देवप्रसाद पाठकको नेतृत्वमाको टोलीले चितवनको चितवन युनिक केवल टेलिभिजन र सीम टीभीमा ज्ञापनपत्र बुझाउँदै हिन्दी च्यानल बन्द गराउन आग्रह गरेको थियो ।

युनिक केबुलका पूर्वअध्यक्ष महेन्द्र प्रधानले देशको विषम परिस्थितिमा विभिन्न संघसंस्थाबाट भारतीय च्यानलहरु बन्द गर्न माग भएपछि अनिश्चितकालका लागि हिन्दी च्यानल बन्द गरिएको जानकारी दिए ।

प्रधानले अन्य केबल टिभीहरुले हिन्दी च्यानल सुचारु गरिरहेमा आफ्नो कम्पनीले पनि सुचारु गर्न बाध्य हुने जानकारी दिएका छन् । भारती नाकाबन्दीको विरोध गर्ने हो भने केन्द्रबाटै भारतीय च्यानलहरुमाथि प्रतिबन्ध लगाइनुपर्ने उले बताए ।

नेपालमा संविधान जारी भएसँगै भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा भारतविरुद्ध आक्रोश बढाएको छ ।

पछिल्ला दिनमा सामाजिक सञ्जालदेखि सडकसम्म भारतको हस्तक्षेपको विरोध बढ्दै गएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी