×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेता डा. भट्टराईको पार्टी परित्याग बारे एमाओवादीको आधिकारिक धारणा सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेता डा. भट्टराईको पार्टी परित्याग बारे एमाओवादीको आधिकारिक धारणा सार्वजनिक

Artha Sarokar

१० आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रेस–नोट

हाम्रो पार्टीका वरिष्ठ नेता क. बाबुराम भट्टराईले आज मिति २०७२ असोज ९ गते पत्रकार सम्मेलन गरी पार्टीका सबै तह र साधारण सदस्य तथा व्यवस्थापिका–संसद सदस्य पदबाट समेत आजकै मितिबाट लागुहुने गरी परित्याग गरेको सार्वजनिक घोषणाले हाम्रो पार्टी आश्चर्यमा परेको छ ।

क. बाबुराम भट्टराई समेत पदाधिकारीहरुको वैठकको निर्णय अनुसार भोलि असोज १० गते केन्द्रीय समितिको वैठक बोलाइएको र वर्तमान राजनीतिक परिस्थितिको सम्पूर्ण समीक्षा र अन्य विषयमा समेत के.स. बैठकमा छलफल हुने अवस्था विद्यमान हुँदाहुँदै एकाएक पार्टी परित्यागको घोषणा गर्नु अस्वभाविक विषय बनेको छ ।

संविधान सभाबाट संविधान घोषणा भइसके पछि देशमा उत्पन्न असहज अवस्थामा सम्पूर्ण जनता एकताबद्ध हुनुपर्नेमा झन पार्टी परित्याग गर्नुले पार्टीलाई गम्भीर बनाएको छ । पछिलो समयमा क. अध्यक्षसंग समग्र परिस्थिति बारे पटक–पटक उहाँसंग सौहार्द वातावरणमा छलफल हुँदै आएको थियो । छलफलकै माध्यमबाट सवै समस्याको समाधान हुनसक्ने कुरा सुनिश्चित छँदाछँदै के.स. बैठकको पूर्व सन्ध्यमा पार्टी परित्याग गर्नु स्वभाविक देखिदैन । क. भट्टराईले यस निर्णयमा पुनर्विचार गर्नुहुने आशा छ ।
९ असोज, २०७२

………………..
(दीनानाथ शर्मा)
प्रवक्ता

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी