
प्रेस–नोट
हाम्रो पार्टीका वरिष्ठ नेता क. बाबुराम भट्टराईले आज मिति २०७२ असोज ९ गते पत्रकार सम्मेलन गरी पार्टीका सबै तह र साधारण सदस्य तथा व्यवस्थापिका–संसद सदस्य पदबाट समेत आजकै मितिबाट लागुहुने गरी परित्याग गरेको सार्वजनिक घोषणाले हाम्रो पार्टी आश्चर्यमा परेको छ ।
क. बाबुराम भट्टराई समेत पदाधिकारीहरुको वैठकको निर्णय अनुसार भोलि असोज १० गते केन्द्रीय समितिको वैठक बोलाइएको र वर्तमान राजनीतिक परिस्थितिको सम्पूर्ण समीक्षा र अन्य विषयमा समेत के.स. बैठकमा छलफल हुने अवस्था विद्यमान हुँदाहुँदै एकाएक पार्टी परित्यागको घोषणा गर्नु अस्वभाविक विषय बनेको छ ।
संविधान सभाबाट संविधान घोषणा भइसके पछि देशमा उत्पन्न असहज अवस्थामा सम्पूर्ण जनता एकताबद्ध हुनुपर्नेमा झन पार्टी परित्याग गर्नुले पार्टीलाई गम्भीर बनाएको छ । पछिलो समयमा क. अध्यक्षसंग समग्र परिस्थिति बारे पटक–पटक उहाँसंग सौहार्द वातावरणमा छलफल हुँदै आएको थियो । छलफलकै माध्यमबाट सवै समस्याको समाधान हुनसक्ने कुरा सुनिश्चित छँदाछँदै के.स. बैठकको पूर्व सन्ध्यमा पार्टी परित्याग गर्नु स्वभाविक देखिदैन । क. भट्टराईले यस निर्णयमा पुनर्विचार गर्नुहुने आशा छ ।
९ असोज, २०७२
………………..
(दीनानाथ शर्मा)
प्रवक्ता
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्