×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्यालयभित्र पार्किङ्ग गरिएको गाडिमा आगजनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कार्यालयभित्र पार्किङ्ग गरिएको गाडिमा आगजनी

Artha Sarokar

१८ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राजविराज:  सिमाङ्कनको विरोधमा आन्दोलनरत मधेसी मोर्चाको एक समूहले विहीबार सप्तरीका दुई कार्यालयमा आगजनी गरेका छन् ।  सदरमुकाम राजविराज ८ स्थित जिल्ला शिक्षा कार्यालय र राजविराज ५ स्थित जिल्ला भू–संरक्षण कार्यालयमा बन्दकर्ताहरुले आगजनी गरेका हुन् ।

बन्दकर्ताहरुले जिल्ला शिक्षा कार्यालय परिसरमा पार्किङ्ग गरी राखिएको जिल्ला शिक्षा कार्यालयको बा. १ झ ४७६१ नम्बरको बोलेरो जीपमा आगो लगाएका छन् भने भू–संरक्षण कार्यालयको बोर्ड, सूचना पाटी र आगन्तुक बस्ने बेञ्चमा आगजनी गरेर नष्ट गरेका छन् ।

आगजनीले बोलेरो जीप पूर्ण रुपमा जलेर खरानी भएको छ । आधा घण्टापछि पुगेको राजविराज नगरपालिकाको बारुणयन्त्रले आगो नियन्त्रणमा लिएको छ । यसैगरी बन्दकर्ताहरुले गरेको आगजनीका कारण जिल्ला भू–संरक्षण कार्यालयको बोर्ड र फर्निचर क्षतिग्रस्त भएको कार्यालयले जनाएको छ ।

यस्तै बन्दको अवज्ञा गरेको भन्दै विहीबार विहान पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कल्याणपुरमा प्रदर्शनकारीहरुले दर्जनौ सवारी साधनमा तोडफोड गरेका छन् ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर, कञ्चनपुर, भारदह, कोशी ब्यारेज सडक खण्डमा प्रहरीको स्कर्टिङमा रहेका सय भन्दा बढी सवारी साधनमा तोडफोड भएको हो । सवारी साधनमा प्रहार गरेको ढुङ्गामुढाले दुई किलोमिटर सम्मको सडकभरी ढुङ्गा र सिसाका टुक्राहरुले ढाकिएको छ ।

ढुंगामुढाबाट महालक्ष्मी डिलक्स् रात्री बसमा ठूलो क्षति भएको छ । मध्यरातमा प्रहरीले स्कर्टिङमा लैजाँदै गरेका रात्रीबस तथा मालबाहक ट्रकमा लुकेर बसेका प्रदर्शनकारीहरुले ढुङ्गा तथा खाली बियरका बोतलहरुले प्रहार गरेका थिए ।

ढुंगा प्रहारबाट सयौँ सवारी साधनको सिसा फुट्नुका साथै कतिपय यात्री तथा चालकलाई गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । सवारी साधनको स्कटिङ् गर्न राती प्रहरीले खाली गराएको लोकमार्गमा बिहानैदेखि पुनः ढुंगामुढा राखेर अवरोध गरिएको छ । लगातार २० दिनदेखिको बन्दका कारण सप्तरीको जनजीवन अस्तव्यस्त बनेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी