Skip to content
LAXMI SUNRISE BANK

बाबुराम र कान्तिपुरका सम्पादकलाई देश निकाला गर्न महरापुत्रको माग !

अर्थ सरोकार

 बंगलादेशमा एमबीबीएस अध्यनरत धादिङका राम थापा क्षेत्रीले शुक्रबार फेसबुकमा लेखे, ‘कान्तिपुर सम्पादक सुधिर शर्मा, एमाओवादी नेता डा. बाबुराम भट्टराई अनि मधेसको नाम बेचेर हिंसा गर्ने नेताहरु विदेशी एजेन्ट हुन् । यिनीहरुलाई देश निकाला गरियोस् ।’

सामाजिक सञ्जालहरुमा यस्ता असन्तुष्टि पोखिनु सामान्य नै हो, यसलाई पनि स्वभाविक रुपमै लिऔं । तर, त्यसमा आएको एउटा प्रतिक्रियाले भने धेरै अर्थ बोकेको छ । प्रतिक्रिया दिने पात्र हुन्, ‘राहुल महरा’ । अझै नजिकबाट चिन्न चाहनुहुन्छ भने, उनी एमाओवादी महासचिव कृष्णबहादुर महराका सुपुत्र एवम् एमाओवादीका बहालवाला जिल्ला समिति सदस्य ।

उनले थापाको स्टाटसमा प्रतिक्रिया दिए, ‘तुरुन्त देश निकाला गरियोस् ।’ मतलब थापाले स्टाटसमा नाम उद्धृत गरेका व्यक्तिहरुलाई देश निकाला गरियोस् भन्ने उनको पनि माग रहेको देखियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK