
त्यही क्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधवार नेपालका लागि चीनका राजदूत वु चुन्ताईलाई मन्त्रालय बोलाएर छलफल गरेको थियो । स्राेतका अनुसारका अनुसार वाणिज्य मन्त्रालयका अधिकारीहरुले चीनमा पेट्रोलियम पदार्थको मूल्य सूची उपलब्ध गराउन राजदूतसँग आग्रह गरेका थिए ।
चुन्ताईले नेपाललाई कुन गुणस्तरको पेट्रोलियम पदार्थ आवश्यक हुने हो त्यसको जानकारी मागेका थिए ।
‘हामीले चीनमा पेट्रोलियम पदार्थको मूल्य सोधेका छौं । नेपालको सीमासम्म कति मूल्यमा पेट्रोलियम पदार्थ आइपुग्छ भनेर जानकारी पनि मागेका छौं’ स्राेतले भन्याे, ‘चीनको मूल्य आएपछि हामीलाई अघि बढ्न सजिलो हुनेछ ।’
छलफलमा चुन्ताईले चीनमा विभिन्न गुणस्तरका पेट्रोलियम पदार्थ रहेको बताउँदै त्यसको मूल्यसूची बुझेर छिट्टै उपलब्ध गराउने प्रतिवद्वता जनाएका थिए । ‘हाम्रो मुुलकमा विभिन्न गुणस्तरका पेट्रोलियम पदार्थ पाइन्छ, त्यसमध्ये कुन चाहिने हो, त्यसको जानकारी दिनुहोस्, भनेर राजदूतले साेधेको स्राेतले बतायो ।
गुणस्तरअनुसार पेट्रोलियम पदार्थको मूल्य फरक÷फरक छन् । यो सबै बुझेर हामी छिट्टै जानकारी दिनेछौ,’ राजदूत चुन्ताईको भनाई उदृत गर्दै स्रोतले भन्यो । चीनबाट आउने तेलको मूल्य र प्राविधिक बारेमा मन्त्रालयले अध्ययन थालेको पनि स्राेतले बतायाे ।
‘चीनबाट आएको तेल प्रयोग सम्भव छ वा छैन बारेमा अध्ययन सुरु भइरहेको छ,’ स्राेतले भन्याे ‘चीनबाट आएको पेट्रोलियम पदार्थ उपयोग, ढुवानी लगायतको बारेमा अध्ययन गरेर हामी विकल्प खोज्दैछौं ।
भारतले नाकाबन्दी लगाएपछि मुलुकभित्र पेट्रोलियम पदार्थको चरम अभाव भएको छ। यो अभावसँगै आयल निगमका अधिकारीहरुले समेत तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउन लबिङ गर्दै आएका छन् ।
चीनले पनि अवरुद्ध उत्तरी नाका खोल्न उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । चिनियाँ राजदूत चुन्ताईले नेपालमा परेको संकटलाई ध्यानमा दिएर अवरुद्ध नाका खुलाउन उच्च प्राथमिकता दिएको बताएका थिए ।
‘केरुङ नाकामा ठूलो पहाड झरेको छ । त्यो हटाउने काम तीब्र रुपमा अघि बढिरहेको छ,’ राजदूत चुन्ताईले छलफलमा भने, ‘भूकम्पपछि खासा नाकाका भन्सार कर्मचारी सिगात्से गएर बसेका छन् । सुरक्षाका कारण उनीहरुलाई ल्याउन सकिएको छैन । तर हामी सबै उपाय अबलम्बन गरेर नाका खुलाउनेतर्फ लाग्नेछौ ।’ राजदूत चुन्ताईले नेपाललाई आवश्यक पर्ने सामानहरुको बारेमा जानकारी दिन पनि आग्रह गरेका थिए ।
बिजमांडू थप लेख्छ :स्राेतका अनुसार वाणिज्य सचिव उपाध्यायले नेपालमा चाडपर्व आइसकेकोले तत्कालै नाका खुलाउन सकेमा आपूर्तिमा सहजता हुने बताए । ‘खासामा रोकिएर रहेका कन्टेनर र खासा नजिकबाट ल्याउन सकिने सामानको राजदूतबाट जानकारी माग भएको थियो,’ स्राेतले भन्याे, ‘एक/दुई दिनमा सकारात्मक सन्देश आउने विश्वास छ ।’ नाकाबन्दीपछि नेपालले भूकम्पपछि भत्किएको तातोपानी र रसुवातर्फको सडक निर्माण गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्