×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालुवाटार छाड्ने बेला सुशील कोइरालाको भागमा २ करोड ३२ लाख !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बालुवाटार छाड्ने बेला सुशील कोइरालाको भागमा २ करोड ३२ लाख !

Artha Sarokar

१ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

संविधान निर्माणमा भरसक संविधान भरसक आलटाल गर्न पाए हुन्थ्यो भन्ने सोच राखेका सुशील कोइरालाले अन्ततः दलीय सहमति विपरीत प्रधानमन्त्रीकै हैसियतमा अमेरिका जाने सोच बनाएका छन् ।

असोज ६ देखि १८ गतेसम्म हुने प्रधानमन्त्रीको विदेश यात्राका निम्ति अर्थमन्त्रीले गत सोमबार २ करोड ३२ लाख खर्च स्वीकृतिको समर्थन क्याविनेटमा पठाइदिएका छन् ।   परराष्ट्रको माग बमोजिम अर्थले अघि बढाएको खर्च सूची अनुसार प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले विजनेश क्लासको सिटमा बसेर यात्रा गर्नेछन् । यसका लागि प्रतिव्यक्ति ५ हजार सात सय १५ अमेरिकी डलर तिरेर आतेजाते टिकट खरिद गरिदैंछ ।

त्यस्तै प्रतिनिधिमण्डलका अन्य १६ जनाको लागि इकोनोमी क्लासको टिकटका लागि जम्मा ४५ हजार दुई सय ८८ अमेरिकी डलर खर्च गरिंदैछ ।   टोलीको दैनिका भत्ताको लागि २१ हजा र दुई सय ८०, प्रधानमन्त्री बस्ने भिआइपी सुइटका लागि प्रतिदिन २५ सय डलरका हिसाबले ८ दिनको २० हजार डलर, मन्त्री बस्ने जुनियर सुइटका लागि १२ सय डलर गरी जम्मा ९६ सय डलर र बाँकी टोलीलाई चारवटा सिंगल र पाँचवटा डबलर रुमका लागि ४५ हजार डलर खर्च हुनेवाला छ ।

यसैबीच प्रधानमन्त्रीले दैनिक ३ सयडलर मन्त्रीले दुई सय डलर र अन्य सदस्यका लागि १५० डलरका दरले खाना तथा खाजा खर्च छुट्याइएको छ ।   दुबईमा राती बास बस्दै १६ सदस्यीय भ्रमण टोली संविधान घोषणा लगत्तै अमेरिका जान लागेको हो । बहालवालाकै हैसियतमा जाँदा उपचार खर्च दह्रो पाइने र संयुक्त राष्ट्रसंघको साधारणसभालाई सम्बोधन गर्ने अवसर पनि मिल्ने हुँदा सुशीलदाले यस्तो बाटो रोजेका हुन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी