×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५० लाखको आश्वासन पाएपछि मृतक ठाकुरको शव आफन्तले बुझे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

५० लाखको आश्वासन पाएपछि मृतक ठाकुरको शव आफन्तले बुझे

Artha Sarokar

१५ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी आन्दोलनका क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका राजकिशोर ठाकुरको शव आज उनका परिवारले बुझी लगेका छन् ।

सदरमुकाम गौरस्थित कवीर चोकमा आन्दोलनका क्रममा दङ्गाग्रस्त घोषित क्षेत्रमा प्रहरीको गोली लागी मठिया गाविस– ६ बस्ने २४ वर्षीय ठाकुरको मृत्यु भएको थियो ।

मृतक ठाकुरलाई भेट्न सद्भावनाका अध्यक्ष राजेन्द्र महतो अस्पताल पुगेका थिए । महतोले मृतक यादवका परिवारलाई कन्भिन्स गराएपछि शव आफन्तले बुझेका हुन् ।

मृतकलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्तिको माग राख्दै मोर्चा र मृतकका परिवारले शव बुझ्न नमानेकामा जिल्ला सुरक्षा समन्वय समितिले सहिद घोषणा तथा अन्य प्रक्रिया पूरा गर्न गृहमन्त्रालयमा पत्राचार गरेपछि शव बुझेर अन्तिम सद्गतका लागि लगेको प्रहरी उपरीक्षक प्रद्युन्न कार्कीले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला सुरक्षा समन्वय समितिको बैठकले मृतक ठाकुरलाई सहिद घोषणाका लागि प्रक्रिया सुरु गरेको छ ।

मृतक ठाकुरलाई सहिद घोषणा, आश्रित परिवारलाई क्षतिपूर्ति तथा परिवारमध्ये एकजनालाई रोजगारीसहित पाँचबुँदे माग मोर्चाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसँग राखेको थियो । केही दिन पहिले मोर्चाले आन्दोलनमा मरे शहिद घोषणा गराउने र ५० लाख क्षतिपूर्ति दिने घोषणा गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी