
दलिय छलफल सहमतिमा पुग्न नसकेपछि अन्तत फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा संविधान निर्माण प्रक्रियाबाट बाहिरिने भएको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार अपरान्ह संयुक्त बैठकबाट बाहिरिदै संविधान निर्माण प्रकृयावाट वाहिरिने उल्लेख गरेका छन् ।
फोरम लोकतान्त्रिकका सभासद रामजनम चौधरीले संविधानसभाको कुनै पनि प्रक्रियामा आफुहरुले भाग नलिने स्पष्ट पारे । आफुहरुले उठाउदै गरेका मागलाई तीन दलले वाईपास गरेर निर्णय गरेको उनको आरोप छ ।