
म यहोवाको साक्षी हुँ, हाम्रो संगठनले अहिले २३६ देशमा ६५० भाषामा सुसमाचार सुनाउँदै छ । अनि त्यसमा नेपाल पनि पर्छ । अनि हाम्रो संगठनमा साक्षी हुनु भएका भाइबहिनीहरु कुनै पनि हालतमा सेनामा भर्ती हुँदैन । राजनीतिमा भाग लिँदैन ।
बाइबलको ज्ञान फिरीमा सिक्छौँ । सिकेको ज्ञान अरुलाई सिकाउँछौँ, सुनाउँछौ । अनि छिċै हाम्रो भगवानले अहिले भइरहेको दुस्खकष्ट, रोगबिमार र हत्याहिंसा हटाएर नयाँ संसार ल्याउँदैैै हुनुहुन्छ भन्ने बाइबलमा भएको सुसमाचार सुनाउँछौँ ।
अनि हामी क्रिसमस मनाउँदैनौँ । क्रश चलाउँदैनौँ । लकेट लगाउँदैनौँ । हामी चर्चमा जाँदैनौँ । चर्चको हरेक घरमाथि क्रश राखेको हुन्छ, तर हाम्रोमा मन्डली राज्यभवन मात्र लेखेको हुन्छ । चर्चमा भन्दा हाम्रो धेरै फरक छ ।
चर्चमा येशुलाई परमेश्वर हो भनेर सिकाउँछ, हामीचाहिँ येशु परमेश्वरको छोरा हो भन्छौँ । बाइबलमा येशुलाई परमेश्वर हो भनेर कहिँ लेखेको छैन । चर्चका मानिस झुटो शिक्षा सिकाउँछन् अनि गरिबलाई पैसामा किन्छन् । पास्टरलाई पैसा दिन्छ । अनि पास्टरले लोभले हाम्रो गाउँतिर राहत बेचेर खायो रे होइन ?
–दीपक ठकुरी (फेसबुक च्याटमा प्राप्त)