Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र प्रमुख राजा बन्नु पर्छ : एमाअोवादी

अर्थ सरोकार

काठमाडौं ।उक्त प्रस्तावको पक्षमा हुन् भन्ने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला, विपक्षमा हुनेले हुन्न भन्नुहोला ।’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानको परिमार्जित विधेयकको धारा ६१ मा राष्ट्रपतिको ठाउँमा राजसंस्था हुनुपर्ने भन्दै गरेको प्रस्ताव सभाध्यक्ष सुवास नेम्वाङले निर्णायार्थ प्रस्तुत गरे । लगत्तै एमाओवादीका शीर्ष नेताहरुले हात उठाए । राप्रपा नेपालका सभासदहरु भने आफ्नै प्रस्तावको पक्षमा हात उठाएका छौँ कि विपक्षमा भनेर एकछिन अलमलमा परे । हल भने हाँसोले गुन्जियो । सभाध्यक्षले पनि हाँसो थाम्न सकेनन् । उनले मुस्कुँराउँदै प्रक्रिया गाडि बढाइहाले । त्यसपछि एमाओवादी र राप्रपा नेपालका नजिक रहेका सभासदहरु मुखामुख गर्दै हाँसे । राप्रपा नेपालका सभासदहरुले मनको कुरा भन्नुभयो भन्दै जिस्क्याउन थाले । एमाओवादीले भने आफूहरु संवैधानिक राष्ट्रपतिको विपक्षमा रहेकाले झुक्किएर हात उठाउनु परेको स्पष्टीकरण दिइरहनुपर्यो । स्रोत: नागरिक

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK