Skip to content
LAXMI SUNRISE BANK

बाबुरामको समानान्तर भेला, एमाओवादी पार्टी फुटाउने अन्तिम तयारी

अर्थ सरोकार

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको स्वागत समारोहमा सहभागी भइरहदा एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष बाबुराम भट्टराई भने पार्टी फुटाउने रणनीतिमा व्यस्त रहे ।
यो घटना सोमबार आजकै हो । राजधानीको सानेपामा समानान्तर भेला बोलाएर बाबुरामले एमाओवादीबाट अलग हुने अन्तिम तयारी गरिरहेको स्रोतले जनायो । संविधान निर्माण प्रक्रिया अन्तिम देखि नै असन्तुष्ट बाबुरामले सरकारले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको स्वागत समारोहमा सहभागिता नै जनाएनन् । यसबाट पनि उनी पार्टी र घोषणा भएको नयाँ संविधानसँग पूर्ण रुपमा असन्तुष्ट भएको देखाएको छ ।
यस्तै, बाबुरामले आफ्नो गृह जिल्ला गोरखामा पनि संविधानको स्वागत कार्यक्रम बहिष्कार गर्न लगाएका छन् । पहिले नै समानान्तर कमिटी गठन गरिएको गोरखामा बाबुराम पक्षधरले केन्द्रको निर्देशन भन्दै स्वागत कार्यक्रमको बहिष्कार गरे । राजधानीमा आयोजित भेलामा सहभागी एक नेताका अनुसार बाबुराम प्रचण्ड नेतृत्वको एमाओवादीबाट अलग हुने मनस्थितीमा पुगिसकेका छन् ।
अब अन्तिम बैठकबाट छुट्टिने की सँगै बस्ने भन्ने बारेमा टुङ्गो लाग्ने उनले बताए । उसो त संविधान जारी हुने वित्तिकै पनि बाबुरामले असन्तुष्टि जनाएका थिए । बाबुराम तराई आन्दोलन समाधान गर्नुपर्ने माग राख्दै असन्तुष्टि राख्दै आएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK