
संविधानसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । धारा १ र २ मा कुनै संशोधन नभएकाले सभाध्यक्ष नेम्वाङले प्रस्तुत गर्नासाथ सभासद्हरुले पक्षमा मत दिए । धारा ३ मा कांग्रेस, एमाले र एमाओवादीले दर्ता गराएको सामूहिक संशोधन प्रस्ताव बैठकले स्वीकृत गरेको हो । यही धारामा सभासद्हरु रामकुमार रार्इ, विश्वेन्द्र पासवान र अनुराधा कोइरालाले दर्ता गरेको संशोधन प्रस्ताव भने बैठकको बहुमतले अस्वीकृत गरेको छ ।
संविधान विधेयकमा दफावार छलफल सकिएपछि मतदानको प्रकिया शुरु भएको हो । संविधानको धारा १ र २ सर्वसम्मत पारित भएका छन् । यी धारामा कुनै संशोधन दर्ता नभएकाले बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो
यसै धारामा कांग्रेस, एमाले र एमाओवादीका प्रमुख सचेतकहरु क्रमशस् चिनकाजी श्रेष्ठ, अग्नी खरेल र गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको संयुक्त संशोधनलाई संविधानसभाको बैठकले सभाले पास गरेको छ ।
संविधान पारित गर्न चाहिने अन्तरिम संविधानको धारा ७० को प्रावधानअनुसार आवश्यक पर्ने दुईतिहाई बहुमत भनेको ३९८ सभासद् हुन्। तर संविधानका धाराहरु पारित गर्नका लागि तत्काल कायम (५९८) को दुईतिहाई (करिब चार सय)उपस्थित बैठकको दुईतिहाईले बहुमत भए पुग्ने प्रावधान छ। सबै धारा पारित गरिसकेपछि संविधानको विधेयकलाई अन्तिम अवस्थामा अनुमोदन गर्नका लागि मात्रै दुईतिहाई बहुमत अनिवार्य हुने प्रावधान छ।
प्रमुख तीन दलमा रहेको सभासद् संख्या ४ सय ७४ नै संविधान निर्माणका लागि पर्याप्त छ। यसमा राप्रपा नेपालका २५ सभासद् मिसिएपछि संविधान जारी गर्ने प्रकियाका पक्षमा अत्यधिक बहुमत भएपछि संविधान जारी गर्ने प्रक्रिया अघि बढेको हो ।
के छ पारित धारामा ?
संविधान सभाको धारा १ नम्बर धारामा संविधान देशको मुल कानुन हुने र यसको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुने उल्लेख छ।
धारा २ :- ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको उल्लेख छ। यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ ।
राष्ट्र : बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान्
रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्