
बाबुराम भट्टराइले भने लामो समयदेखि पार्टीमा भएको शक्ति संघर्षपश्चात् एमाअोवादी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेका छन्।शान्ति प्रक्रियाको समाप्ति र अहिलेको राजनीतिक बिन्दुसम्म अाइपुग्दा जनयुद्ध सँगै निर्माण भएको माअोवादी पार्टीको अौचित्य सकिएको पनि उनले घोषणा गरे।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री भट्टराईले भने- पार्टी भनेको साधन मात्र हो साध्य होइन। हरेक कुराको निश्चित समय हुने भएकाले एमाओवादी पार्टीको जनयुद्धताका अौचित्य थियो तर अब त्यो सकियो।
‘तरकारी काट्न चाहने साधन चक्कुले खसी काट्न सकिदैन् त्यसका लागि खुकुरी चाहिन्छ’ भट्टराईले भने ‘अहिलेको युवा पुस्तालाई समेट्न, नयाँ युगका लागि नयाँ पार्टी चाहिन्छ।’
पत्रकार सम्मेलनमा संविधान सभाको मुद्धालाई तत्कालीन नेकपा माओवादीको आधिकारिक मुद्धा बनाउन आफूले गरेको संघर्षबारे उनले लामो ब्याख्या गरे। ‘२०५२ सालमा ४० सुत्रीय ज्ञापन पत्र बुझाउँदा मैले घुमाउरो भाषामा संविधानसभाको माग राखेको थिएँ। किनकि संविधानसभा प्रचण्डजीले रूचाउनु हुन्नथ्यो’ उनले भने। संविधान सभाकै विषयमा लेख लेख्दा २०६० सालमा आफू कारबाहीमा परेको बताउँदै पछि ज्ञानेन्द्रले कु गरेपछि चुनवाङ बैठकमा पार्टीले सोही मुद्धालाई ऐजण्डा बनाएको र २०६२/०६३ को आन्दोलनपछि अन्य दलले पनि संविधान सभा स्वीकारे उनले बताए।
भट्टराईले दिल्लीमा भएको १२ बुँदे सम्झौतादेखि अहिलेको नयाँ संविधानको मस्यौदा आफूले बनाउन पाएकोमा गर्व लाग्ने बताए। ‘१२ बुँदे सहमतिको मस्यौदादेखि नयाँ संविधानको मस्यौदा बनाउने काममा संलग्न हुन पाएकोमा गौरवको अनुभूति गर्छु’ उनले भने ‘संविधान सभाबाट संविधान बन्नु खुसीको कुरा हो तर आधा नेपालले खुसीयाली बनाउँदा आधा नेपालमा अन्धकार छाएकाले मलाई पहिलो गाँसमै ढुंगा लागेको अनुभव भइरहेको छ।’
उनले पहिला संविधान सभाको विरोध गर्नेहरू अहिले नाचगानमा रमेको तर वास्तविक रूपमा संविधान सभा माग्ने मधेसी र थारू लगायतका समुदाय विरोधमा रहेकोले दुःख लागेको उल्लेख गर्दै संविधानको कार्यान्वयन गर्नु चुनौतिपूर्ण रहेको बताए।
साइकल चढ्ने नक्कली राष्ट्रवाद बिजुली गाडी चलाउने सक्कली राष्ट्रवाद
भट्टराईले अहिले केही नेताले भारतले नाकाबन्दी गरे टुकी बाल्ने र साइकल चढ्ने भनेर दिएको अभिव्यक्ति नक्कली राष्ट्रवाद भएको बताए। ‘दिउँसो मञ्चमा गएर राष्ट्रवादी बनेर कुर्लने तर राति उनैलाई चपक्क समाउने नक्कली राष्ट्रवाद हो’ उनले भने ‘म त्यस्तो राष्ट्रवादको पक्षमा छैन। म त छिमेकीले नाकाबन्दी गरे हामीले विद्युतिय गाडी चढ्नु पर्छ भन्ने राष्ट्रवादी हुँ।’ उनले प्रश्न थियो- टुकी बाल्ने, साइकल चलाउने र विद्युतीय गाडी चलाउने भन्नेमध्ये को प्रगतिशील राष्ट्रवादी हो?
उनले अहिले नेताहरूले सुरू गरेको राष्ट्रवादको नाराको आफूले स्वागत गरेको उल्लेख गर्दै अबदेखि नेताहरूले चुनाव जित्नका खर्च जुटाउन कुनै दुतावासको शरण नपरेको, थर्ड डिभिजन ल्याउन छोराछोरीलाई विदेश पठाउन हार गुहार नगरेको देख्न चाहेको बताए। उनले भने ‘नेताहरूले त्यसो गरे भने म उनीहरूको राष्ट्रवादी अभियानमा होस्टेमा हैसे गर्न तयार छु।’ उनले आफु नक्कली राष्ट्रवादी नभएर प्रगतिशील राष्ट्रवादी भएको पनि जिकिर गरे।
उनले भारतले संविधानको स्वागत नगरेर र नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भन्दै त्यसको निन्दा गर्नु पर्ने पनि बताए। उनले भने ‘काठमाडौं र दिल्लीका शाससको सत्ताको खेलमा जनता पर्नु हुँदैन्।’
विवादित जिल्लालाई संघीय आयोगको जिम्मा
अहिलेको प्रदेशको सीमाकंनमा विवाद भएका जिल्लालाई संघीय आयोगको जिम्मामा दिएर समस्या समधान गर्न सकिन भट्टराईको सुझाव छ। भट्टराईले संविधानमा समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा हटाउनु ठूलो कमजोरी भएको बताए। उनले तराई/मधेसमा आन्दोलन हुन सक्ने संकेत आफूले पाएको र सामाजिक सञ्जालमार्फत सचेत मात्र गराएको उल्लेख गर्दै ती घटनाहरू आफ्नो कुनै हात नरहेको बताए।
बरू जंगलमै बस्छु एमाओवादीमा फर्कन्न
भट्टराईले अहिले आफूले मात्र पार्टीबाट राजीनामा दिएकाले अब के गर्ने भन्ने योजना नबनेको बताए। ‘अरू साथीहरूले राजीनामा दिनुभएको छैन। म अब के गर्ने भन्नेबारे केही समय ठण्डा दिमागले सोच्छु’ उनले भने। एमाओवादी पार्टी छोड्नु र पुरानो घर छोड्नु उस्तै भएकाले अब सो पार्टीमा नफर्कने उनले स्पष्ट पारे। ‘घर छोडेर हिँडेको मान्छे, सडकमै सुत्छ जंगलमा बस्नु परेपनि बस्छ तर घर फर्किन्न। म पनि बरू जंगलमै बस्छु तर पुरानो घर फर्कन्न’ उनले भने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्