×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोर्न साइट हेर्दैहुनुहुन्छ ? सावधान !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पोर्न साइट हेर्दैहुनुहुन्छ ? सावधान !

Artha Sarokar

२० भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तपाई नियमित पोर्न साइट हेर्नुहुन्छ ? यदि तपाई त्यस्तो लतबाट ग्रसित हुनुहुन्छ भने तपाइले ख्याल राख्नुहोला । अश्लिल चित्र तथा भिडियो , पोर्नोग्राफी हेर्नेहरूको मष्तिष्क खुम्चिने एक अध्ययनले देखाएको छ । पोर्नोग्राफी हेर्ने बानी र त्यसले पार्ने सम्भावित असरबारे अनुसन्धानकर्ताहरुले थप रहस्य पत्ता लगाउँदै लामो समय सम्म पोर्नोग्राफी हेर्ने मानिसको मष्तिष्क जन्मैदेखि विशेष प्रकारको हुने जनाएको छ ।

बर्लिनको म्याक्स प्लाङक इन्सिच्युटका मुख्य अनुसन्धानकर्ता डा। सिमोन कुनले अश्लिलता र मष्तिष्कको आकार घट्ने विषयबीचको संबन्धबारे पत्ता लागेको बताइन् । यद्यपि यसको आधिकारिक पुष्टि अहिलेसम्म भइसकेको छैन । अर्कोतिर अधिकारवादीहरुले अमेरिकामा गम्भीर रुपमा ‘पोर्नोग्राफी महामारी’ फैंलिरहेको भन्दै यसलाई धूमपान, मध्यपान तथा ड्राइभिङजस्तै रुपमा व्यवहार गरी नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

मोरालिटी इन मेडिया संस्थाका कार्यकारी निर्देशक डन हकिङ्सले अन्य प्रमुख स्वास्थ्य समस्याजस्तै पोर्नोग्राफीसंग पनि सामना गर्नुपर्ने बताए । उनले पोर्नोग्राफीले मानसिक रुपमा क्षति पु¥याइरहेको पनि बताएका छन् । अमेरिकामा अश्लिल भिडियो तथा चित्र राख्ने पोर्न साइटमा अमाजोन, ट्वीटर तथा नेटफ्लिक्स गरी तीनवटामा जति संयुक्त भिजिटरभन्दा बढी भिजिटर हुने गर्छन् । इन्टरनेटमा अहिले ४२ लाख पोर्न वेबसाइट छन् ।

                                                                                     एजेन्सीको सहयोगमा

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी