
काठमाडौं – कार्यलयीय रिपोर्टहरुको वीट मार्दै गर्दा प्रहरी अर्को एकजना गुण्डाविरुद्ध अप्रेसन गर्दैछ भन्ने खवर पायौं । ठूलै घटना होला भन्ने चिसो पस्यो । रिपोर्टिङका लागि आवश्यकीय सामग्रीहरु वन्दोवस्ती गर्नमा हतारियौं । प्रहरीसँगको सम्पर्कपश्चात पुग्यौं फिल्डमा । यसभन्दाअघि, प्रहरीले इन्काउन्टरमा गुण्डा नाइकेहरु चरी र घैटेलाई मारिएकाले हामी झस्कियौं । दोहोरो भिडन्त हुन सक्छ । हामी सजग थियौं । इन्काउन्टरको वाहनामा मान्छे मार्दैछन् भन्ने प्रहरीप्रतिको आक्षेपलाई निराकरण र नजिकवाट नियाल्ने अवसर थियो त्यो । अपराधीविरुद्ध प्रहरीको कारवाही, संवेदनशीलता र संयमताको प्रत्यक्ष दर्शी पनि ।
करिब तीन वजे प्रहरीले गोंगवु क्षेत्रका गुण्डा नाइके साजन महर्जनलाई नियन्त्रणमा लिइसकेको थियो । नेतृत्वमा थिए अपराध महाशाखाका प्रमूख सर्वेन्द्र खनाल । अर्धभूमिगत बनेका महर्जनलाई प्रहरीले खोजिरहेको थियो । भर्खरै इन्काउन्टरमा मारिएका गुण्डा नाइके घैंटेका सहयोगी भएकोले महर्जनलाई पक्रनु प्रहरीको लागि सफलताको सिंढी उक्लनुजस्तै थियो । त्यसवाट घैटेका सहयोगी र सम्वन्धमा प्रहरी अनुसन्धानलाई सहयोगी हुने विश्वास प्रहरीलाई थियो । त्यसो त उनको विरुद्धमा फोनमार्फत व्यवसायीहरुलाई धम्की दिएको, अवैध वालुवा खानी सञ्चालन गरेको, हप्ता असुलीजस्ता अनेक उजुरीहरु अपराध महाशाखामा सुरक्षित थियो । उनी विभिन्न अपराधका कारण जेल वस्दै छुटदै आइरहेको रेकर्ड थियो ।
प्रहरी नियन्त्रणमा रहेको महर्जनको पक्राउ सम्पन्न भए पनि उनको संकास्पद डेरा तथा स्थानहरुमा प्रहरीले खानतलासी गर्दै थियो । हामी ताजा इस्यू पाउनेमा आशावादी भयौं । प्रहरीको पीछा लाग्यौं ।
प्रहरीको भ्यान लैनचौर तिर हुइकियो । दरवारमार्ग हुदै गएको प्रहरीको भ्यानले टुडिखेल परिक्रमा गर्दै गर्दा हामीले सोच्यौं प्रहरीको कारवाही सम्पन्न भएछ । तर भ्यान शहिदगेट हुदै न्युरोड तर्फ मोडियो । हामी सशंकित भयौं । तयारी पनि । प्रहरीको भ्यान खिचापोखरीमा रोकियो । खानतलासी नै होला भन्ने सोचिरहेको हामीलाई प्रहरी टोलीको तयारी र सजगताले गंभीर बनायो । इन्काउन्टर नै होला भन्ने भयो ।
प्रहरीको टोली एउटा पुरानो काठवाट निर्मित घरमा उक्ले जुन साँघुरो थियो । भुइचालोले क्षतीग्रस्त घरको चौथो तल्लामा प्रहरी पुग्यो । प्रहरीले चौथो तल्लाको अँध्यारो कोठावाट धम्की, ज्यान मार्नेलगायतको अभियोग लागेका धादिङ सेम्जोङका २८ वर्षीय साजन गुरुङलाई नियन्त्रणमा लियो । जो एक वर्ष अघि प्रहरीको काउन्टरमा मरिएका चरीलाई धादिङमा रोकेर गोली हानी मार्ने प्रयासमा संलग्न थिए । उनी नेपालगञ्जमा आत्मसमर्पण गरेका रिगल ढकाल समूहका सदस्य हुन् । उनकै सूचनाको आधारमा प्रहरीले उनका सहयोगीहरुलाई समेत पक्राउ गरेको छ ।