आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दागर्दै आमरण अनशन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको आज एक वर्ष पुगिसक्दा पनि अन्तिम संस्कार अझै हुन सकेको छैन ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको १२ वर्ष पुगिसक्दा पनि अझै अधिकारी दम्पतीले न्याय पाएका छैनन् । न्याय माग्दै अनशनमा बसेका अधिकारीको गतवर्ष असोज ६ गते निधन भएको थियो तर अहिलेसम्म उहाँको अन्तिम संस्कार हुन सकेको छैन भने उहाँकी पत्नी गङ्गामाया अधिकारी अहिले पनि वीर अस्पतालमा अनशन बसिरहनुभएको छ ।
अनशनका क्रममा निधन भएको एक वर्ष पुगिसक्दा पनि राज्यले नन्दप्रसादको अन्तिम संस्कार गर्ने व्यवस्था मिलाएको छैन । उनको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालको शवगृहको ४ नं बाकसमा रहेको छ ।
अधिकारी दम्पत्ती आफ्नो छोराको हत्या भएको जानकारी पाएदेखि गोरखाबाट अनसन सुरु गरी काठमाडौँको विभिन्न स्थानमा आमरण अनशन बस्दाबस्दै ३३३ दिनमा नन्दप्रसादको निधन भएको थियो ।
निधन भएको एक वर्ष पुगेकामा आज वीर अस्पताल अगाडि नन्दप्रसादको सम्झनामा दीप प्रज्जलनको ‘न्याय खोइ ?’ नामक कार्यक्रमको आयोजना गरियो । गङ्गमाया आफैले आफ्नो पतिको निधन भएको एक वार्षिकीमा दीप प्रज्जलन गर्नुभयो ।
“मेरो छोराको हत्या गरेको यतिका वर्ष बितिसक्यो, कि मलाई न्याय देऊ कि मलाई मारिदेऊ, यसरी तड्पिएर मलाई बाँच्नु छैन”–गङ्गामायाले आफ्नो पीडा पोख्दै भन्नुभयो ।
आफ्ना पति छोराको हत्यामा संलग्न दोषीलाई कारबाही होला अनि भात खाउँला भन्दा भन्दै मृत्युवरण गर्नुपरेको दुःखत घटना सुनाउँदै उहाँले भन्नुभयो, “छोरा मारियो, अनशनका क्रममा पतिको मृत्यु भयो, म किन बाँच्नु बरु मलाई पनि मारिदेऊ”
विसं २०६१ मा १६ वर्षीय कृष्णप्रसाद अधिकारीलाई चितवनमा गोली हानी हत्या गर्ने छविलाल पौडेल, जमुना पौडेल, रामप्रसाद अधिकारीलगायत दोषी भएको पत्ता लागिसक्दा पनि उनीहरुलाई कानुनी कठघरामा ल्याइए पनि छोडिएको छ । त्यही छोराका हत्यामा संलग्न दोषी खुलेयाम हिडिरहेकाले उनीहरुलाई कारबाहीको माग गर्दै न्यायका लागि अहिले पनि गङ्गमाया अनसनरत हुनुुहुन्छ ।
रामेछापका द्वन्द्वपीडित कल्याण बुढाथोकीले भन्नुभयो, “आफ्नो छोराको न्यायका लागि आमरण अनशन बस्दा बस्दै निधन भएको छ, उहाँको अन्तिम संस्कारसमेत गरिएको छैन, एउटा दलले हत्या गर्ने अर्को दलले आममाफी दिने कानुन बनाउने, यो तरिकाले कसरी न्याय मिल्छ ?”
मानव अधिकारकर्मी कपिल श्रेष्ठले हत्यामा संलग्न दोषीको पहिचान भइसक्दा पनि कारबाही नहुनु दुखद् हो भन्नुभयो ।
नेपाल बार एसोसियसनका महासचिव सुनिलकुमार पोखरेलको हत्याका दोषी पहिचान भएर कानुनी कठघरामा ल्याई सकेपछि फेरि दोषीलाई छोड्नु नहुने र पीडितलाई न्यायका लागि सरकारले पनि विशेष ध्यान दिनुपर्ने भनाई थियो ।
छोराको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग गर्दै गङ्गमायाले गत भदौ १ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । त्यसको हालसम्म सुनुवाई भएको छैन । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्