
अत्तरिया : टीकापुर घटना पछि स्थानिय स्तरमा सदभाव खल्बलिन्छ कि भन्ने चिन्ता सबैतिर बढेका बेला कैलालीको अत्तरिया नगरपालिका १२ गेटीका थारु र पहाडी सामुदायले उदाहरणीय सन्देश दिएका छन्।
यहाँ करिब ३ सय ६० फरक जातजातिका परिवार सँगै बस्दै आएका छन्। उनीहरु हरेको दिन जसो थारु बढघर यज्ञ राज चौधरीको गोल घरमा बसेर समीक्षा गर्छन्। देशमा नयाँ सविधान जारी हुने बेला अधिकारको लडाई हुनु स्वभाविक भए पनि टीकापुरको घटनाले दुवै पक्षलाई राम्रो शिक्षा दिएकाले अबका दिनमा यस्ता घटना हुन नदिन सबै सचेत हुनुपर्ने उनीहरुको बुझाइ छ। टीकापुरको आगो जिल्लाका अन्य ठाउँमा पनि सल्किन सक्ने खतराप्रति दुवै सामुदाय सचेत रहेको स्थानीय अगुवा कर्ण सिह बोहराले बताए।
गाउँमा सामाजिक सदभाव कायम राख्न पटक पटक दुवै सामुदायका अगुवाहरु छलफलमा जुटेका हुन्छन्। उनीहरुले एक अर्का प्रतिको समस्यालाई सधैँ मिलेर सामाधान गर्दै आएका छन्।
समाजलाई भड्काउन र दुवै पक्षलाई गाउँमा कोही उकास्न आए मिलेर प्रतिवाद गर्ने निर्णय गरेको स्थानीय राना सामुदायका अगुवा नारायन रानाले बताए। नेताहरुले स्थानीय स्तरमा सघीयताको बारेमा नबुझाएकाले अहिले समस्या आएको उनीहरुको बुझाइ छ।
सघीयतामा भुगोल को सीमाङ्न जसरी भए पनि स्थानीय सामुदायले जहिले पनि मिलेर बस्नु पर्ने थारु महिला अमेली देवी चौधरीले बताइन्। वर्षौंदेखि मिलेर बसेका कैलालीका थारु पाहाडी सामुदायले एक अर्काको चाडबाड रिती रिवाज र सगै मिलेर मनाउन थालिसकेका छन् भने पछिल्ला केही वर्ष यता दुवै सामुदायमा बिहे समेत हुन थालेको छ।
संघीयतामा सीमाङ्कनको विषयलाई लिएर विवाद हुन थालेपछि जिल्ला भर चिन्ता बढेको छ। तर अत्तरिया नगरपालिकामा भने दुवै सामुदायले गाउँमा आएर विवाद नगर्ने बताएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्