
एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य र संसद सदस्यबाट पनि राजीनामा दिएको घोषणा गरेका छन्।अब फेरि एमाओवादीमा फर्कने सम्भावना सकिएको भन्दै उनले बरू जंगल पस्ने तर नफर्कने बताएका छन्। उनले पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भारतको हस्तक्षेप आफूहरूलाई मान्य नहुने भन्दै निन्दनीय भएको आरोप लगाएका छन्। उनले अध्यक्ष प्रचण्ड तिर लक्षित गर्दै टुकी बाल्ने र साइकल चढ्ने राष्ट्रवाद राम्रो कि विजुली गाडी चढ्ने? भन्ने प्रश्न गरेका थिए।
उनले नेताहरूले चुनाव जित्न विदेशी दूतावास धाउने क्रम रोकिनु पर्ने बताए। अन्य नेताहरूको राष्ट्रवादको पक्षमा आफूले होस्टेमा हैसे गर्न तयार रहेको उनले बताए। उनले आफ्नो कारणले टीकापुर काण्ड र अन्य घटना नभएको दाबी गरे। यस्तै संविधानमा पहिलो गासमै ढुंगा लागेको जस्तो अनुभव भइरहेको भन्दै उनले विवादित जिल्लालाई संघीय आयोगको जिम्मामा छोड्नुपर्ने बताए।दिल्ली वा नेपालको शासक वर्गको खेलमा नेपाली जनता पर्न नहुने उनले बताए।
उनकोपार्टी त्यागकोघोषणा संगै यसमा भारतले ठुलो खेल खेलेको विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय पार्टी मा पक्कड गुमाएको भनी विश्लेषण गरिएका उनको राजिनामा पछाडी भारतको ठुलो खेल रहेको केहि सरोकारवाला विश्लेषकहरुको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्