×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी चौकी जलाउन खोज्ने सभासद् राय पक्राउ

GLOBAL IME BANK

प्रहरी चौकी जलाउन खोज्ने सभासद् राय पक्राउ

२६ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रहरी चौकीमा आगो लगाउन गएका एकजना सभासद्सहित चारजनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कबिलासीमा तोडफोड गरी आगो लगाउन खोज्ने सर्लाही क्षेत्र नं. ५ बाट निर्वाचित तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद् जंगीलाल राय प्रहरीको फन्दामा परेका हुन् ।

उनीसहित तमलोपाका कार्यकर्तारु विनय कर्ण, अनिश साथी र विजय रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक केदार ढकालले अन्नपूर्ण पोस्ट्लाई बताए ।

असईको कमाण्डमा रहेको सो प्रहरी चौहीमा सभासद् रायको नेतृत्वमा पुगेका मधेसी मोर्चाका कार्यकर्ताहरुले शुरुमा तोडफोड गरी पेट्रोल खन्याएर आगो लगाउन खोजेपछि प्रहरीले हिरासतमा लिएको हो ।

सभासद्सहितलाई पक्राउ गर्ने क्रममा प्रहरीले हवाई फायर समेत गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार सर्लाहीकै हरिपुर्वास्थित अस्थायी प्रहरी चौकीमा आगजनी र तोडफोड गरेपछि प्रहरीले सुरक्षा बढाएको छ ।

त्यहाँको अवस्थालाई नियन्त्रणमा लिन सीमा सुरक्षा बल कबिलासी र नजिकका अन्य प्रहरी इकाइबाट टोली परिचालित गरिएको एसपी ढकालले जानकारी दिए । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: