×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ठूला दलले हिन्दु राष्ट्रको पहिचान मेटाए’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘ठूला दलले हिन्दु राष्ट्रको पहिचान मेटाए’

Artha Sarokar

२८ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कांग्रेस, एमाले र एमाओवादी मिलेर हिन्दु राष्ट्रको पहिचान मेटाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै अध्यक्ष थापाले गणितिय आधारमा तीन ठूला दलले हिन्दुराष्ट्रको पहिचान समाप्त पार्ने काम गरेको जनाएका हुन् ।

‘करौडौं नेपालीहरुको चाहना विपरित बिदेशीको दवावमा गणितिय आधारमा फेरि पनि हिन्दुराष्ट्रको पहिचान समाप्तपार्ने काममा कांग्रेस,एमाले,एमाओवादी एक भए’, अध्यक्ष थापाले भनेका छन् ।

हिन्दु राज्य र राजतन्त्रसहितका आफ्ना मुद्धालार्इ संविधानसभाले अस्वीकृत गरिदिएपछि अध्यक्ष थापाको यस्तो प्रतिक्रिया आएको हो ।

संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएको राप्रपा नेपाल फरक मतसहित आइतबार पुन: प्रक्रियामा फर्किएको थियो ।

सोमबार बसेको संविधानसभाको बैठकले हिन्दुराज्यबारे मतदान गरिनुपर्ने राप्रपा नेपालको प्रस्ताव संविधानसभाले अस्वीकृत गरेको थियो ।

    करौडौं नेपालीहरुको चाहना विपरित बिदेशीको दवावमा गणितिय आधारमा फेरिपनि हिन्दुराष्ट्रको पहिचान समाप्तपार्ने काममा कांग्रेस,एमाले,एमाओवादी

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी