काठमाडौँ, १० असोज ।
मधेसमा राज्यले आतंक मच्चाएको
कुरा बेलाबेला मधेसका नागरिक अगुवाले उठाउने गरेका छन् । विभिन्न नामका
सशस्त्र समूहले गर्ने, हत्या, अपहरण वा चन्दा आतंकले मधेसकै व्यापारी तथा
सर्वसाधारण हैरान छन् । उनीहरूले गर्ने अपहरण, हत्या, फिरौतीका विषयमा
काठमाडौँमा बसेर मधेसको फसल काट्ने नागरिक अगुवा चुँक्कसम्म बोलेको सुनिएको
छैन । तर, जब प्रहरी इन्काउन्टरमा ती मारिन्छन्, तब उनीहरू कोकोहोलो
मच्चाउँछन् । सभ्य समाजमा कुनै पनि बहानामा गैरन्यायिक हत्या स्वीकार्य
हुँदैन । तर, त्यहा परिस्थिति त्यस्तो हुँदैन । जसरी काठमाडौँ बस्ने मधेसी
ठेकेदार कोकोहोलो मच्चाइरहेका हुन्छन् ।
महोत्तरीमा सन् २०१४ मा लगातार
दुईदिनको फरकमा दुई युवा प्रहरी इन्काउन्टरमा मारिए । मधेसका स्वघोषित
ठेकेदारले खोलेका मानवअधिकार नामका संघसंगठन महोत्तरी पुगे र काठमाडौँ आएर
रिपोर्ट सार्वजनिक गरे । विश्लेषकका रूपमा कहलिएका एक ठेकेदारले भने, ‘यो
देशमा मधेसीको कुकुरको जति पनि भ्यालु छैन । मधेसमा राज्यले आतंक मच्चाएको
छ, दिनदहाडै मधेसी युवा मारिएका छन् ।’ यो निसन्देह गैरन्यायिक हत्या नै
थियो । यसको विरोध हुनु स्वाभाविक हो र हुनु पनि पर्छ । तर, उनीहरूले
भनेजस्तो मधेसी भएकै कारणले ती मारिएका होइनन् भन्ने घाम जत्तिकै छर्लंग छ ।

जबकी
यो गैरन्यायिक हत्या भएको समाचार सम्प्रेषण गर्न खोज्दा स्थानीय मधेसवादी
दलकै नेताले प्रहरी इन्काउन्टरमै मारिएको लेख्न सुझाव दिएका थिए । उनले
भनेका थिए, ‘तपाईंको मानवअधिकार उतै राख्नोस् । यी दुई मारिएर जिल्ला शान्त
भएको छ ।’ उनले भने जसरी नै त्यसयता महोत्तरीमा अपहरण, हत्या र चन्दा
असुली ठप्पै भएका छन् ।
मधेसका वास्तविक समस्या भन्दा अलग मुद्दा बनाएर
मधेसी युवाको भावना भड्काएर राज्यको सुविधा भोग गर्ने केही मधेसी
सम्भ्रान्त छन् । ती सम्भ्रान्त मधेसीको महान चाड ‘छठ’ बाहेक अरू समय मधेस
झर्दैनन् पनि । ती सम्भ्रान्तका ९९ प्रतिशतका छोराछोरीलाई घरमा मातृभाषा
सिकाएको छैन । त्यसैले उनीहरू मैथिली बोल्न जान्दैनन् पनि । काठमाडौँका
महंगा स्कुलमा भर्ना गरिएका उनीहरू अँग्रेजी या त नेपाली बोल्छन् । घरमा
आमाबुवासँग पनि नेपाली बोल्ने गरिएको देख्न सकिन्छ ।

नेताका त
पहाडिया श्रीमती नै छन् अधिकांशका । त्यही मधेसी अभिजातीय वर्ग मधेसी
जनतालाई अँध्यारोमा राखेर उनीहरूकै थाप्लामा दाइँ गर्दैछ । उनीहरूको फसल
फस्टाएको छ । संविधान बनेपछि त्यो फसलले पेट नभरिने भएकाले उनीहरू
छट्पटाएका छन् । आफ्नो खेतीपाती खडेरीले झैँ ठाडै सुक्ने भएपछि टाउको
दुखेको औषधि नाइटोमा लगाउदा टाउको दुखेको निको हुन्छ भनेर उल्टो पाठ
पढाउँदै मर्न उक्साइरहेका छन् ।
मधेसको समस्या के हो त ? त्यसका लागि
मधेसका चार जिल्ला सिरहा, सप्तरी, धनुषा र महोत्तरी तथा त्यहीमाथिका पहाडी
जिल्ला उदयपुर, ओखलढुंगा, सिन्धुली र रामेछापको तुलनात्मक तथ्य हेरौँः

यी तथ्यलाई केलाउदा पनि के देखिन्छ भने ठूलो मैदानी फाँटमा जनसंख्या धेरै छ
। जनघनत्व बढी छ । तर, सँगै जोडिएका पहाडी जिल्लाका तुलनामा अशिक्षा छ ।
देवानी मुद्दा बढनुमा अंश, लेनदेन, साँधसीमाना कारक छन् । फौजदारी मुद्दा
बढ्नुमा आपसमा काटाकाट र कुटपिटजस्ता घटना कारक हुन् ।
यी
तथ्यले अर्को कुरा के पनि देखाउँछ भने अहिले आफूलाई मधेसवादी हुँ भन्ने
दलले उठाएका ‘मधेसी मुद्दा’ ले यी समस्या समाधान गर्ने उपाय सुझाएका छन् त ?
उठाइएका मधेसीका अधिकार भनिएका कुराले फेरि पनि मुठ्ठीभर पढेलेखेका
मधेसीको पक्षपोषण गर्दछ भन्ने छर्लंग छ । आममधेसीका निमित्त यी ‘मधेसी
मुद्दा’ केही होइनन् । उत्पीडित मधेसीका लागि यो ‘टाउको दुखेको औषधि
नाइटोमा लगाइ’ जस्तै हो ।

यसो
भनेर मधेसी जनतालाई अधिकारबाट वञ्चित गराउनुपर्छ भनिएको होइन । मधेसको
मुख्य मुद्दा यी समस्याको समाधान गर्ने हुनुपर्छ भनिएको हो । अहिलेका
मधेसवादी भनिएका अधिकांश दलका सबैजसो नेतामन्त्री भए उनीहरूले यी समस्या
सामाधानका लागि के सिन्को पनि भाँचे ? मुख्य कुरा यो हो ? साँच्चै उत्पीडित
मधेसीमा जागरण आयो भने न छिमेकी भारतको दाइँ चल्छ न त मधेसी ‘इलिट’ वर्गको
रजाइँ चल्छ । त्यसैले उनीहरू मधेसी युवालाई उल्टो शिक्षा दिएर पैसाको
प्रलोभनमा पारेर अधिकारको नाममा मर्न उक्साइरहेछन् । भारत पैसा खन्याइरहेछ ।
–ईश्वरी काफ्ले