Skip to content
LAXMI SUNRISE BANK

देउवाले आफु पक्षधर सभासदलाई रातभर सुत्न दिएनन्

अर्थ सरोकार

काठमाण्डु, २३ भदौ– एकातिर संस्थापन पक्ष संविधानप्रति घुमाउरो शैलीमा अनिच्छा जाहेर गर्ने, अर्कोतिर देउवा पक्ष संविधान बिथोलिएला भनी रात–रातभर संविधानसभातिरै घुम्ने । संविधान विधेयकमाथि संशोधन प्रस्ताव दर्ज गर्नेमा नेपाली कांग्रेसका संस्थापन पक्षधर अग्रसर भएपछि सिंहदरबारमा यस्तो दृश्य देखिएको हो ।
अमरेशकुमार सिंह ‘भारतीय एजेन्ट’का नामा यति कबाड बन्न पुगे कि, राजनीतिकबृत्तमा उनको कुनै इज्जतै रहेन । यस्तो स्थितिमा उताको कुरा बोक्ने र बोली पनि बिक्ने मान्छे खोजिँदा विमलेन्द्र निधी फेला परेका रहेछन् ।
विमलेन्द्रकै कारण शेरबहादुर देउवाले संशोधन प्रस्ताव दर्ज गर्ने अन्तिम दिन आफू पक्षधर आधा दर्जन सभासद्लाई राम्रोसँग सुत्न दिएनन् । संविधानसभामा वैधानिक रुपमा ह्वीप लाग्दैन । तर मुख्य सत्तारुढ कांग्रेस र एमालेले आफ्नो सभासदलाई आफूखुसी संशोधन हाल्नमा रोक लगाए । यस्ता हुँदा पनि दुवै पार्टीबाट एक–दुई जनताको दरले व्यक्तिगत रुपमा संशोधन दर्ज गर्ने सभासद् निस्किए । विदेशी दाताको रकममा, उतैको एजेन्डा लैजाने वननसहित सभासद्हरुकलाई पाँचतारेमा भोज खुवाईसकेका कांग्रेसका नरेन्द्रकुमार कुमाल, एमालेका पेम्बा भोटेहरुले आ आफ्नो पार्टीको आदेश नमान्नलाई होइन, खाइसकेको डलर पचाउनै भए पनि संशोधन दर्ज गरेर फिर्ता पनि लिए ।
जनआस्था साप्ताहिकबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK