×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भगवानकै अघि झुक्किए राष्ट्रपति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भगवानकै अघि झुक्किए राष्ट्रपति !

Artha Sarokar

२० भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको घुुँईचो लाग्यो । भूकम्पका कारण जोखिम भएपछि कृष्णमन्दिरमा भक्तजनलाई प्रवेश निषेध गरिएको थियो । कृष्णको पादुकालाई बाहिरै दर्शनको लागि राखिएको थियो । भक्तजनहरू पादुका दर्शन गरेरै चित्त बुझाए । हरेक वर्ष झै यसपटक पनि प्रसाद ग्रहणका लागि कृष्णमन्दिर पुगेका राष्ट्रपति नराम्ररी झुक्किएका छन् । ललितपुर उपमहानगरपालिका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले राष्ट्रपतिलाई मन्दिर वरपर घुमाए ।

राष्ट्रपतिले भने कार्कीलाई सिडिओ भनेर सम्बोधन गरे । नगर प्रमुख कार्कीले हतपत राष्ट्रपतिलाई आफू सिडिओ नभई नगरपालिकाको कार्यकारी अधिकृत भएको जानकारी दिए । उनले अलि पर उभिएका ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालालाई देखाए । अनौपचारिक पोशाकमा आएका सिडिओलाई राष्ट्रपतिले चिनेनन् । औपचारिक पोशाकमा देखिएका कार्कीलाई सिडिओ ठाने । राष्ट्रपतिले यसपटक पनि मंगलबजारको ढुंगेधाराको बारेमा चासो राख्दै सोधे । उनले मन्दिरको संरक्षणमा सक्दो चाँडो काम शुरू गर्नु भनेर दुवैलाई आग्रह गर्दै कृष्णको प्रसाद थापेर बिदा भए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी