
मानसिक रुपमा बिरामी पत्नी र वयस्क छोरालाई कम्तीमा दुई वर्षदेखि अँध्यारो कोठामा थुनेर राख्दै आएको आरोपमा अर्जेन्टिनामा एकजना पक्राउ परेका छन् ।
एपी समाचार एजेन्सीका अनुसार मार डेल प्लाटा शहर निवासी ६६ वर्षीय एडुआर्डो ओभीडोले आफ्नै ६१ वर्षीय पत्नी र छोरालाई अँध्यारो कोठामा थुनेर राख्दै आएका थिए । उनले कुकुरलाई दिइनेजस्तै खाना खुवाएर पत्नी र छोरालाई दुई वर्षदेखि राख्दै आएको जनाइएको छ ।
अभियोजनकर्ता अलेजान्द्रो पेलिग्रिनीका अनुसार ओभीडोका ३२ वर्षीय छोरा ‘अटिज्म’ रोगबाट ग्रसित छन् ।
उनीहरुलाई फलामे ढोका भएको एक अँध्यारो कोठामा थुनेर राखिएको थियो । उक्त कोठा पिँजडासरह रहेको बताइन्छ ।
प्रहरीले सो कोठाबाट सिरिन्ज, डोरी, फलामे साङ्लो र कुकुरको खानासमेत बरामद गरेको छ ।
ओभीडोका अन्य दुई छोराले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अघि बढाएको हो ।
ओभीडोलाई अदालतमा पेश गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । यद्यपी उनले उक्त घटनाबारे कुनै टिप्पणी नगरेको जनाइएको छ । (एजेन्सी)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्