
बन्दको अवज्ञा गरेको आरोप लगाउदै मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको भैरहवा–लुम्विनी औद्योगीक कोरीडोर क्षेत्रका आठवटा उद्योग प्रतिष्ठानहरुमा तोडफोड गरी क्षति पुर्याएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले जगदम्वा सिमेन्ट, वगदम्वा सेन्थेटिक, जगदम्वा स्क्यानीङ, रिलायन्स पेपर मिल, रिलायन्स सिमेन्ट, वृज सिमेन्ट, अम्वुजा सिमेन्ट, अर्घाखाची सिमेन्ट उद्योगमाथि आक्रमण गरेका छन् ।
आक्रमणकारीले उद्योगमा रहेको सिसी क्यामेरा, कम्पुटर तोडफोड गरिदिनुका साथै कामदार तथा सुरक्षा गार्डहरुमाथि दुव्र्यवहार गर्नुका साथै उनीहरुको साथमा रहेको पैसा, मोवाइल समेत लुटेर फरार भएको उद्योगप्रतिष्ठानका संचालकहरुले गुनासो गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संंघले वन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानहरुमाथि तोडफोड भएकोमा गम्भीर आपत्ती जनाउँदै जिल्ला सुरक्षा समितिसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
घटनाका कारण यसक्षेत्रका उद्योगी व्यापारीहरुले औद्योगिक सुरक्षा बल माग गरेको अध्यक्ष रामकुमार शर्माले बताए ।
तोडफोडबाट उद्योगहरुको वास्तविक क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए ।
यसैबीच जिल्ला सुरक्षा समितीको शुक्रबार बसेको बैठकले औधेगिक क्षेत्रमा औद्योगिक सुरक्षा बल माग गरी केन्द्रमा लिखित पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्