काठमाडौँ, २५ भदौ । पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन्। लामो समय थाइल्यान्ड बसेर नेपाल आएका पूर्वयुवराज पारस चीन जाने भन्दै थाइल्यान्डनजिकै रहेको लाओस पुगेका हुन्। उनी त्यहाँ पुग्नासाथ उनकी थाई प्रेमिका कन्निका पारसलाई भेट्न लाओस पुगेकी थिइन्। पारसलाई भेटेर पुनः थाइल्यान्ड फर्कने क्रममा थाई प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
पूर्वयुवराज पारस र कन्निकाबीच थाइल्यान्डको फुकेटमा घटेको घटनाको मुद्दा अझै किनारा नलागेकाले सोही घटनाको बारेमा पुनः अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। थाइल्यान्ड जान प्रतिबन्ध लागेपछि पूर्वयुवराज पारस आफ्नी प्रेमिकालाई भेट्न लाओस पुगेको बताइएको छ। सर्वसाधारण जस्तै कसैलाई पनि जानकारी नदिई उनी सुटुक्क लाओस पुगेका हुन् ।
एक नेपालीका अनुसार पारसको मुद्दा हेर्दै आएका थाई वकिल साक्छाइलाई पारसले पुनः कन्निकाको मुद्दा मिलाइदिन आग्रह गरेर फोन गरेका थिए। थाई वकिल साक्छाइले भने अघिल्लोपटक आफूले पाउनुपर्ने पारिश्रमिकसमेत नदिएको कुरा उठाएका थिए। थाइल्यान्डमा जान आजीवन प्रतिबन्ध लागेपछि उनका सहयोगीहरूले लाओस पुर्याएको आशंका गरिएको छ।
नेपाल आएपछि लागूऔषधको कुलतबाट मुक्ति पाएका पारसलाई फेरि सोही कुलतमा फसाउने र थाई प्रेमिका कन्निकालाई सँगै राख्ने योजनामुताविक लाओस पुर्याइएको हुन सक्ने आशंका यहाँका नेपालीले गरेका छन्। तीन दिनअघि पक्राउ परेकी थाई प्रेमिकालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेपछि थाई वकिलले जमानत दिने तयारी गरेको बताइएको छ। नेपाल समाचारपत्र
प्रतिक्रिया दिनुहोस्