×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखराको लेकसाईडमा कल गर्लसँग होलनाइट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पोखराको लेकसाईडमा कल गर्लसँग होलनाइट

२४ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १३ मिनेटभन्दा कम

आषाढको एक शुक्रबार को साँझ बुद्ध चोक बाट डेरामा फर्कने क्रम मा अलि ढिला भो । घर सम्म पुग्न लाई माइक्रो, अनि नगर बस सबैको आवात-जावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यस कारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ । “म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिले सम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, लेकसाईड जरेबर सम्म पुग्नु पर्ने थियो ।” जवाफमा उसले भनी । उसको मुखबाट जरेबरचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त जरेबरचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ५०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्छे ?cal girl संक्षेपमा भनी – “कलेज पढ्छु ।” “कतिमा पढ्नुहुन्छ ?” मेरो भद्र प्रश्न थियो । उसको सरल जवाफ पाएँ – १२ “केहि जबसब पनि गर्नु हुन्छ कि ?” मैले उसलाई सोधेँ । धेरै खुल्न नचाहेर होला संक्षेपमै जवाफ फर्र्काई उसले – “खास्सै केहि गर्दिनँ !” र, यस्तो भन्दै गर्दा मुसुक्क मुस्कुराउन पनि बिर्सिने उसले । “अनि जरेबरचोक चाँहि किन जान लाग्नु भएको ?” मैले सोधेँ । जवाफमा भनिनँ – “मेरो डेरा नै उतै हो ।” अझ बढि जान्न मन लाग्यो त्यस कारण सोधिहालेँ – “को को बस्नुहुन्छ डेरामा ?” “म मात्रै !” उसले जवाफ फर्काउदै भनी । “साँच्ची काम चाँहि केहि गर्नु हुँदैन ?” फेरि जोड दिदै सोधेँ । “अम् त्यस्तो खास केहि छैन । कलेज फि तिर्न, यहाँ बस्ने खर्च चलाउन र घरमा भएकी विधुवी आमा र दुई बैनीको पढाई खर्च सघाउनलाई सानो काम चाँहि गर्छु ।” सरसर्ती उसले बताई । “सानो काम ?” मैले आश्चर्यता प्रकट गरेँ । किनकी, मलाई अचम्म लाग्नुको कारण मलाई जान्नु थियो त्यो कस्तो सानो काम हो जसले यत्रा धेरै मान्छेको खर्च पु¥याउन सकोस् ! “आई एम अ कर्लगर्ल !” निर्धक्क साथ उसले भनी । अहँ ! ग्लानीबोधको सानो धर्सा पनि उसको मुहारमा झल्किएको देखिनँ मैले । म अवाँक रहेँ । धेरै बेर चुप लागेर बसेको देखे पछि उसले आफै सोधी – “विश्वास लागेन हजुरलाई ? अहिले पनि म यहाँ कसैले बोलाएर आएकी थिएँ तर यहाँ आईसकेपछि बोलाउने मान्छेले भन्यो उसकी श्रीमती अचानक माइत बाट फर्की रे भर्खर । त्यसैले डेरामा फर्किन लागेको अहिले ।” म फेरि पनि निशब्दः रहेँ । तालचोक बाट ट्याक्सी हुत्तिदै हामीनेर आयो । युवतीले आवाज दिईन – “ट्याक्सी..” “दाईको घर नै यता हो र ?” ट्याक्सी भित्र पस्नु भन्दा अगाडि केहिबेर अगाडि देखि स्थगित वार्तालापलाई पुनः सुचारु गर्दै युवतीले यस्तो प्रश्न गरीँ । जबाफमा मैले भनेँ –“यता हैन । पोखरा बाहिर हो ।” ट्याक्सी चालकले युवतीलाई हेर्दै सोध्यो – “कहाँ सम्म ?” मैले जवाफ फर्काएँ – “जरेबरचोक !” असहजिलो तरिकाले उसको दृष्टि मतिर सोझियो । ट्याक्सी गुड्दा साथ मलाई उसले मात्र सुन्ने गरेर सानो आवाजमा धेरै कुराहरु सोध्न मन लाग्यो । खासमा अघि देखि मलाई खसखस लागेको उसको कामको विषयले निकैबेर घोत्लिन विवश बनाउँदै थियो । त्यहि खसखसका बीच मैले सोधेँ पनि –“यस्तो गरि रहेकोमा रिग्रेशन हुँदैन हजुरलाई ?” मेरो छुच्चो प्रश्नमा थोरै आवेशात्मक जवाफ दिदै भनी – “ह्वाट द फक रिग्रेशन इज ? अनि मैले किन रिग्रेट फिल गर्नुप¥यो ?” चालिस पार गरिसकेको जस्तो लाग्ने ट्याक्सी चालकले हामी तिर एकदम कुटनैतिक नजर लगायो । मलाई थोरै असहज महशुस भो । “हजुरलाई हर्ट गरे हैं ? माफ गर्नु ल मलाई । आई एम सरी ल!” गल्ती गरे पछि म सधैं यस्तै विनित भावमा प्रस्तुत हुन्छु । धेरैले भन्ने गरेका पनि छन्, माफी माग्दै गर्दाको क्षण म निकै नै माया लाग्दो रुपमा प्रस्तुत हुन्छु । उसले पनि मेरो टिठ लाग्दो भावलाई देखेरै नै माफ गरेको हुनुपर्छ, भनी – “हैन हैन इट्स ओके । हजुर मात्र हैन, धेरै भद्र मान्छेहरुलाई जब म मेरा सत्यताहरु लुकाउँदिन उनीहरुका प्रश्नहरु हजुरकै जस्तै हुन्छन् – तिमीलाई रिग्रेशन फिल हुँदैन ?” केहि बेर सन्नाटा छायो । अनि मेरा आँखाहरू झ्याल बाहिर हुत्तिए । चालकले एफ. एम. बजायो, बाराही एफ.एम.मा गीत बजिरहेथ्यो – फेरि त्यो दिन सम्झन चाहन्नँ ..। उसले चालकलाई आग्रह गर्दै भनिनँ – “दाई, भोलुम अलि सानो पार्नु न !” ड्राइभरले त्यसै ग¥यो । त्यसै मौकामा मैले उसलाई हेरेँ अनि उनी चुपचाप बसेकोमा असन्तुष्टि पनि पोखेँ – “हैन, किन यस्तो चुपचाप बस्नु भएको ? के भयो ?” केही नभएको जानकारी दिदै बोली – “हैन केहि भएको छैन ।” एक छिन पछि फेरि वार्ता सुचारू गर्दै उसले प्रश्न गरी – “हजुर म्यारिड हो ?” मैले निर्धक्क भनेँ – “नो, नो, स्टील ब्याचलर्स !” “गर्लफ्रेन्ड नि ?” ख्वै किन यस्तो प्रश्न गरी मैले बुझिनँ । तैपनि जवाफ दिएँ – “पहिले थिई, अहिले छैने !” “मेरो जस्तै ठ्याक्कै ! झन मेरो त अफेयर शुरु भएको तीन महिना मै ब्रेकअप भा’को नी ।” मैले जान्न चाहेँ – “अनि अहिले चाँहि?” लिपिष्टकले रात्तिएका ओठबाट बिन्दास जवाफ निस्क्यो – “सिंगल, टोटल्ली फ्रिडम । मस्त जिन्दगी !” मलाई मन-मनै लाग्यो, केटी मज्जाकी नै हो । मान्छे पनि सारै नै सुन्दरी हो । चल्तीका मोडल र नायिकाहरुको भन्दा कुनै पनि कुरामा कम लागेन । मुहार धपक्कै बलेको छ । केश लामो छैन त के भो ? सर्लक्कको छ । आँखा पनि डोलमडोल कति राम्रा ? नाक पनि खास खोट लगाउने ठाउँ नै भेटिन् । मान्छे सिनित्त परेकी छे । तर कर्ल गर्ल हो भन्ने सत्य दिमागमा आउँदा साथ झसंग भएँ । जरेबरचोकमै आएपछि ट्याक्सी रोकियो । मैले दुवैको भागको पैसा दिन खोज्दै थिएँ, युवतीले रोकी । र, भनी – “नो, नो, फिप्टी फिप्टी !” युवतीको हातबाट दुई सय पचास र म बाट पनि उत्तीकै पैसा समातेर ड्राइभरले ट्याक्सी अगाडि बढायो । ट्याक्सी गई सकेपछि युवतीले मतिर हेर्दै भनी – हतार छैन भने हिड्नुस, मेरो डेरामा । खाना खाएर निस्किनु होला ! मोबाइलमा हेरेँ, साढे नौ बज्दै थियो । डेरा मा गयर पनि आफैले बनायर खानु पर्ने मान्छे म ठिकै छ जाउ न त भनेर केही नबोली उसको पछि पछि लागेँ । चोकबाट ५ मिनेट जति पश्चिम तिरको गल्लीमा हिडे पछि उसको डेरामा पुगियो । बस्तीमा चूक झैं चकमन्न रात घोप्टिएको थियो । धेरैका घरमा बत्ती निभी सकेका थिए । उसले कोठाको ताल्चा खोली र स्वीच अन गरी । इन्भर्टरबाट बलेका मधुरा चिमको प्रकाशमा उसले भुत्भुतिदै भनी – “लोडसेडिङ छैन भन्नु त गफै मात्र भो, हल्का हुरी-बतास चल्दा बित्तिकै बत्ती गैहाल्ने !” चारतले घरको भुँइतलामा उसले भाडामा दुईवटा कोठा लिएकी रहिछे । एउटा भान्छा र अर्को चाँहि सुत्ने कोठा ! भान्छा कोठाको भित्र बाटै सुत्ने कोठामा जानलाई ढोका रहेछ । कोठा भित्र छिरे पछि, ऊ चाँहि आफ्नो सुत्ने कोठामा छिर्दै भनी – “एकछिन पर्खिनुस है, म ड्रेस चेन्ज गरेर आउँछु ।” मैले स्वीकृति सूचक मुन्टो हल्लाएर “ल, हुन्छ” को ईशारा गरेँ । ऊ भित्र छिरेको पाँच मिनेटमा नै म्याक्सी लगाएर भान्छामा आई । आउँदा बित्तिकै केहि नसोधी ग्यास चुलोमा दूध चिया बसाली । अनि मलाई भनी – “पहिले चिया पिऔं हैं !” मैले नाइँ-नास्ती गरिनँ । हुन्छ को भावमा मुस्कुराएँ । अनि म तिर पुलुक्क हेर्दै उसले भनी –“लौ, चिया हेर्नु है त, उम्लेला नी ! म बाहिर सरकारी धाराको पानी लिएर आउँछु ।” ठ्याक्कै मेरो काकी ले काकालाई अ¥हाए झैं उसले मलाई काम लगाई । मलाई अप्ठेरो लाग्यो । ”कति टाइम लाग्ने हो ?” मैले हतास हुँदै भनेँ । जवाफ दिदै भनी – “यहि बाहिर के, घरकै कम्पाउन्ड भित्रै त हो, अहिले दश बजे पछि फेरि पानी बन्द हुन्छ !” नीलो रंगको एउटा बाल्टीन र तीन वटा जम्बो कोकको बोतल समातेर ऊ भान्छा बाहिर गई । पानी लिएर फर्कन पाँचै मिनेट पनि लागेन उसलाई । चिया उम्लेकाले मैले ग्यास चूल्हो बन्द गरि सकेको थिएँ । “ए, चिया पाकि सक्यो ?” पहिलो खेप पानी ल्याए पछि उसले भनी । यो पाली चाँहि आवाज निस्क्यो मेरो, भनेँ – “अँ, पाक्यो !” “हजुर चिया राख्दै गर्नुस् म पानी लिन आउँछु ।” भन्दै, ऊ फुत्त बाहिर गई । हाम्रो चिया गफ-गाफ शुरु भो । उसले चिया पिउने क्रममै आलु ताछ्ने र काउली केलाउने काम समेत भ्याई । इन्भर्टरको उज्यालोमा उसको मुहार चम्किरहेको मैले राम्ररी नै देख्न पाएँ । उसले थाहा नपाउने गरी एकटक मैले उसलाई हेरिरहेँ । बिच-बिचमा उसले मेरा ब्यक्तिगत कुराहरु सोधी । मैले कुरा नलुकाई खुलस्त पारि दिएँ । सोधेकी थिई – घरमा को को हुनुहुन्छ ? भनेँ – सबै थिय तर अहिले एक्लो छोरो जस्तै हुँ । अनि सोधी – बुबा आमा के गर्नुहुन्छ ? भनेँ – बुबा आर्कै सन्सार मा जानुभयको छ , आमा घर मा हुनुहुन्छ । र, उसले अलिकति असहज लाग्ने कुरो पनि अरी – “हजुर ब्याचलर मात्र कि भर्जिन पनि ?” उसको यो प्रश्नले म एकदम सन्न भएँ । झन प्रश्न गरे पछि उसले यति कामुक तरिकाले आँखा सन्काई कि लाग्यो – केहि नसोचेर गर्लम्मै अङगालो हालूँ ! मैले केहि पनि बोलिनँ, र उसले पनि फेरि दोहो¥याएर सोधीने । गधा पच्चिसे काट्दै गरेको लक्का जवानले अझै भर्जिनिटी गुमाएको छैन भन्नु, न उसले पत्याउने कुरो थियो न मेरो लागि खास गर्व गर्न लायकको कुरो नै । मनमन पनि यस्तो पनि लाग्यो – मोरीले फेरि नपुङ्शक ठानेर खाना पनि नखुवाई घर पठाउली ! त्यस कारण पनि मैले चुपचाप बस्नु मै उचीत ठानेँ । भात पाक्दै गरेको प्रेसरको सिठ्ठी बज्ने र बत्ति आउने एकै पटक भो । देखेँ, उसले आलु र काउली भुट्दै थिई । मैले मोबाईलमा समय हेरेँ । साढे दश बज्दै थियो । मैले टाइम हेरेको पत्तो पाईछ उसले जिस्किदै भनी – “ओहो, किन यस्तो अतालिनु भएको हो ? खाना पाक्दै छ, एकछिन नआत्तिनुस् !” मैले त चाहेको थिएँ, भनोस –“आज यतै बसे भैहाल्यो नी भोली बिहानै जानुहोला ।” उसले गोलभेडाको चटनी पनि बनाई । उसको भर्भराउँदो वैंश भन्दा कमको देखिएन चटनी । मलाई चखाई पनि । चाखेको स्वादिलो रहिछ ! केहि बेरपछि खाना पस्की दुवै जनालाई, दाल चाँहि बिहानको थियो र उसले तताएकी पनि थिई । उसले तयार पारेको खानाको पहिलो गाँस मुखमा पु¥याउँदै थिएँ, ऊ केही सम्झे झैं गरी, ग्यास चूल्होबाट बायाँ पट्टि तीन हातपरको सानो दराज राखेको ठाउँमा पुगी अनि दराज खोली । “साँच्ची गाउँ बाट पठाएको घिउ पनि छ, खानुहोला नी ?” दराज बाट सेतो शिशाको बोतल भरी राखेको घिउ झिकी । घिउसँग भात म नकार्नै सक्दिनँ । भनेँ – “भात सँग घिउ पाए पछि कसले नखाला?” मेरो थालमा दुई चम्ची घिउ थप्दै गर्दा उसले जिस्किएरै भनी – “हजुर जस्ताले घिउ खाएर के गर्नु, बिनासित्ती चड्डीको विजोग !” उसको उत्ताउलो पनले मलाई निस्तेज पारि सकेको थियो । प्रतिक्रिया दिन खोज्दै थिएँ, भातको गाँस सड्कियो । उसले अतालिदै पानी दिई । मैले घटघटी पिउन थाले । सोच्दै – “पाएँ भने तेरो उन्मत्त योवन म यसैगरी घटघटी पिउँछु ।” खाना खाए पछि आफूले खाना खाएको थाल आफै माझेँ । भन्न त भनेकी थिई – “ह्या, हजुर पनि कस्तो केटीजस्तो ? त्यही राख्नुस् म माझि हाल्छु नी !” मैले मानिनँ । ऊ खाना खादै थिई । मोबाइल हेरेको १२ बज्न १० मिनेट बाँकी थियो । “ओहो, १२ पो बज्न लागेछ ।” लामो सुस्केरा फेरेर मैले भनेँ –“लौ, हजुर लाई मीठो खाना ख्वाउनु भएकोमा धन्यवाद, म डेरा तिर हिडेँ अब ।” “भो भयो यति राती के घरमा जानुहुन्छ ? आज यतै बस्नुस, हजुर खाटमा सुत्नुहोला म भुँइमा सुत्छु ।” अन्तिम गाँस चपाएर निले पछि उसले यो पनि भनी – कि गल्लीमा लागूपदार्थ सेवनको दुव्र्यसनमा फसेका टन्नै अल्लारे केटाहरु हुन्छन, र राती हिड्ने बटुवाहरुलाई पिट्ने अनि लुट्ने काम गर्छन । अब भने मेरो मुटुमा ढ्याङग्रो बज्न थाल्यो । उसको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै भनेँ, “लौ उसो भए मलाई भोली बिहानै उठाई दिनु पर्छ नी फेरि, हैं ?” उसले खिस्स हाँसी । र, मैले पनि मुस्कुराउन बिर्सिनँ । के के कुरा गर्दा गर्दै रातीको सबा एक बजेको पत्तै पाइँन । उसले आफ्ना संघर्षका थुप्रै कथाहरु सुनाई । घरमा आय श्रोत नहुँदा आफ्नी विधुवी आमाले झेल्नु परेको आर्थिक कठिनाईका बारेमा पनि सुनाई । र, मर्माहत कुरो त आफ्नो यौन प्यास मेटाएर दशमा पढ्दै गर्दा आफ्नो केटा साथीले आफूलाई कसरी धोखा दियो भन्ने पनि बताई । उसले भनी – “सब साला लोग्ने मान्छेहरु सेलफिस छन यहाँ । उनीहरुलाई प्रेम गर्नै आउँदैन । प्रेमको नाममा आफ्नो वासनालाई शान्त पार्न केटीको साथ खोज्छन् ।” मैले प्रतिकार गरेँ – “हेर सबैजना उस्तै हुँदैनन् । यसरी एउटा केटा मान्छेको गल्तीको दोष सबै केटा मान्छेहरुलाई लगाउन मिल्दैन । र, केटीहरु पनि सबैले निस्वार्थः प्रेम गरेका हुँदैनन् ।” उसले मेरो कुरा मान्दै मानिने, भनी – “हजुर जे भन्नुस, तर केटाहरु भनेका यौनका भोखाहरु नै हुन् । उनीहरु प्रेममा हैन यौनको भोकमा विश्वास गर्दछन् । सेक्स विनाको प्रेम इमाजिन पनि गर्न सक्दैनन”’ अब चाँहि मैले केहि बोलिनँ । ऊ भुँइमा विछ्यौना बनाउँदै थिई । मैले मेरो ल्यापटप खोलेँ र वल्र्डलिङ्कको मेरो वाईफाईबाट नेट सर्फिङ गर्न थालेँ । बिछ्यौना मिलाई सकेपछि ऊ मसँगैको खाटमा बस्न आई र अनुरोध गरी – “नेट कनेक्सन छ भने दिनुन, कत्ति भो साइबर गएर फेसबुक नचलाएको । यो मोबाइलमा भने जस्तो मजै नहुने । अनि साँच्ची हामी पनि फेसबुकमा साथी बनौं न ।” मैले फेरि पनि नाइँनास्ती गरिनँ । बरु, आग्रह गरेँ – “लौ यति राम्री मान्छेको फेसबुकमा राखेको फोटोहरु पनि हेरौँ न त !” ऊ लजाए झैँ गरी । सत्तरी जना जति साथी रहिछन् उसका । भनी – “म हत्तपत्त फेसबुकमा कसैलाई पनि साथी बनाउँदिन । धेरै कम मान्छेहरुले मात्र मेरो व्यक्तिगत जीवनशैली जानुन, बुझुन भन्ने लाग्छ ।” सात सय भन्दा बढी फेसबुक साथी भएको मैले उसको कुरामा सही थापेँ – “हो नी तर के गर्नु मेरो त चिन्दै नचिनेका पनि साथी छन् फेसबुकमा ।” सेतीको बगरमा उसकी अर्की साथीसँग पानीमा लुछुप्पै भिजेको तस्वीर डिस्प्ले भैरहेथ्यो, स्क्रीनमा । ऊ नीलो जिन्स र खैरो टिसर्टमा थिई । उसका उदात्त वक्ष पानीले भिज्दा अझ अरु आकर्षक देखिए, मेरा आँखा अकस्मात मेरो छेउमै टाँसिएर बसेकी उसको छातीमा पुगे । असहज मान्दै उसले भनी – “छ्या ! के हेर्नुभएको ?” मलाई फेसबुकमा मित्रता अनुरोध पठाउनु भन्दा पहिले उसले आफ्ना पचास भन्दा बढि तस्वीरहरु देखाई – कुर्ता सलबार लगाएका, नभ नछोप्ने गरी साडी र ब्लाउजमा सुट गरिएका तस्बिर, अनि पानीमा भिजेका तस्वीरहरु पनि । उसका झण्डै पाँच दर्जन जति तस्वीर हेरे पछि, मैले सुझाएँ – “हैन, तिमी त मोडल बन्ने खाले केटी रहिछ्यौ । मोडलिङमा ट्राइ गर्दा हुन्छ नी !” उसले केही पनि बोलिने । मैले केही साहसका साथ आफ्ना तस्बीरमा ब्यक्त गरिएका प्रतिक्रियाहरु हेर्दै गरेकी उसको गाला मुसारिदिदै फेरि भनेँ – “हैन, तिमीलाई मेरो कुरा मन परेन ?” ऊ लाजले थोरै राती हुन थाली । मैले चाँहि आफू भित्रै देखि फुल्दै आएजस्तो महशुस गरेँ । उसले असहमती जनाई – “मोडलिङ मन पर्दैन मलाई !” “ए !” मैले निराश हुँदै भनेँ । मैले फेरि मोबाईलामा नजर पु¥याएँ । २ बजिसकेको थियो । भनँे – “हैन, अब त सुत्नुपर्ला !” “भोली शनिबार के काम छ र हजुरको ? किन आत्तिनु भएको हजुर सुत्नलाई ?” बेसरम उसले भनी । मैले जवाफ फर्काइनँ । एकछिन पछि ऊ आफैले बोली – “सुन्नु न साँच्ची, मेरो साथीले भनेकी इन्टरनेटमा त केके हेर्न मिल्छ रे नी है ? हेरुम न हामी पनि ।” “खै, मैले पनि हेरेको छैन तर हेर्न चाँहि मिल्छ ।” एकदम भलादमी हुँदै मैले जवाफ दिएँ । उसले उत्सुक हुँदै ल्यापटप मलाई थमाई । मैले गुगल गरेँ । लाखौं भिडियोका लिङ्कहरु भेटिए । त्यस मध्ये उसले भर्खरै लिक भएको नेपाली चलचित्रकी एक सुन्दर नायिकाको सेक्स टेप हेर्न चाहना गरी । मैले त्यही भिडीयो खोलि दिएँ । उसले खुब चाख पुर्वक भिडियो हेर्न लागी । पिसाबले निकै चापेकाले मैले सोधेँ – “ट्वाइलेट कता छ ?” “यसो आँखा लगाउनु न ऊ त्यही कुनामा छ त । यो एट्याच रुम हो ।” अझ झन मलाई बिल्लाउँदै भनी – “पिसाव लाग्यो कि …?” म चर्पीको ढोकामा नपुगिन्जेल उसको हाँसो थामिएन ।’ म चर्पीबाट बाहिर निस्केपछि उसले बत्ती निभाउन अ¥हाई । मैले सोही बमोजिम गरेँ । ल्यापटपको स्क्रिनमा चर्चीत नायिकाको एकदम नीजि कार्यालापहरु चलायमान भैरहेथे । उसले खुब सन्तुष्टि मानेर हेर्दै थिई । मैले पनि उसँगै हेरेँ । स्क्रिनमा त्यो दृश्य चलिरहँदा त्यसको प्रभाव विस्तारै जरेबरचोकसम्म आईपुग्यो । ५ मिनेटको गल्ली हुँदै त्यो भान्छा अनि हामी दुई जवान युवायुवती बसेको ठाउँसम्म आईपुग्यो । बिहान उठ्दा ल्यापटप हिजो राती उसले भुँइमा बनाएको विछ्यौनामा थियो । अनि ऊ र म चाँहि मलाई बनाएको विस्तरामा ।

Read more at: http://bizpati.com/archives/4611

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: