Skip to content
LAXMI SUNRISE BANK

नेपालमा संविधान आएलगत्तै भारतीय दूतावासको यस्तो चेतावनी

अर्थ सरोकार

नेपालमा संविधान घोषणा भएको एक घण्टा बित्न नपाउदै छिमेकी मुलुक भारतले एक विज्ञप्ती जारी गदैं स्वागतको साटो असन्तुष्टि जनाएको छ । भारतीय विदेश मन्त्रालयद्वारा आइतबार साँझ जारी विज्ञप्तिमा संविधानको स्वागत नगरि केवल औपचारकीकता मात्र पुरा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘नयाँ संविधानले देशमा सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने छ ।’विज्ञप्तीमा तराई–मधेसमा आन्दोलनरत दललाई सहमतिमा नल्याई संविधान जारी गरेपछि भारतले असन्तुष्टि जनाएको जानकार स्रोतको भनाई छ ।

‘संविधान निर्माणको प्रक्रियामा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान बनाउन भारतले निरन्तर सहयोग गरिरहेको थियो । तर, त्यसो भएन् ।’ जारी विज्ञप्तीमा उल्लेख छ, भारतसँग सीमाना जोडिएका नेपालका विभिन्न भागमा हिंसात्मक घटना भइरहेको छ ।’

विवादित विषयलाई वार्ताका माध्यमबाट समाधान गर्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै भारतले सबैले संविधानलाई स्वीकार र अपनत्व महसुस गरेमा संविधानले सदभाव, प्रगति र विकासको आधारशिला खडा गर्ने जनाएको छ ।

संविधान जारी भए लगत्तै भारतले निकालेको विज्ञप्ति र भारतको प्रधानमन्त्रीको विशेष दुत तथा भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्कर को भ्रमणलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK