
हे नरेन्द्र मोदी ! सार्वभौमसत्ता सम्पन्न हामी नेपाली जनताको करिब ७० बर्ष देखिको संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने चाहना आज आएर पूरा भएको छ । ३ करोड जनताको बिचार शतप्रतिशत मिलाउनु भनेको त्यो लगभग असम्भव हो, संबिधानसभाको कुल जनाताबाट निर्वाचित सभासद् मध्ये बहुमत २ तिहाई भन्दा बढी सदस्यले हस्तक्षर गरेको हाम्रो संबिधान संसारकै उत्कृष्ट संबिधान हो ।
होला, कतिपय कुरा छुटे होलान् । संबिधानमा पछि सम्बोधन गरौँला । कतिपय समस्याको समाधान समयसँग हुन्छ, आशा अनि धैर्यता कायम गरौँ । परिमार्जन गर्नुपर्ने कुराहरू पनि होलान्, परीमार्जन गर्दै जानुपर्दछ भोलिका दिनमा । हेक्का होस् संबिधान आउनासाथ जलाउनु पर्छ भन्नेहरु नेपाली हैनन् ।
भारत तिमी हाम्रो नजिकको मित्रराष्ट्र हो, बेलामौकामा सहयोग पनि गरेका छौ, नुनदेखि सुन, पेट्रोलदेखि ग्यासमा तिमीमा भर पर्छौँ हामी नेपाली यो पनि सत्य हो । तर यसको अर्थ यो हैन कि सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र हामी नेपालीको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अधिकार छैन् तिमीमा, हामी आफै योग्य छौँ । हाम्रा आन्तरिक समस्या समाधान गर्न अनावश्यक हस्तक्षेप गर्ने काम बन्द गर् ।
सक्छौ समर्थन गर् होइन सक्दैनौ बिरोध नगर्, हाम्रा दाजुभाई लडाउने काम नगर, सरकारी भबन, गाडी, प्रहरी कार्यालय, अनि जिउँदो प्रहरी नै जलाउने काम नगर ।
इतिहास साक्षी छ नेपालमा आजैपनि बीर अमरसिंह ,बलभद्रहरु छन् ख्याल गर, यसलई आग्रह नसोचियोस, कमजोरी नसोचियोस्, सच्चा इमान्दार नेपालीको चेतावनी हो यो ख्याल गर् ।
सिके रावत, राजेन्द्र महतो, बाबुराम भट्राई, उपेन्द्र यादव, हृदेश त्रिपाठी, सरिता गिरी लगायतका तिम्रा आगोसित दूतको सपना साकार नहुने भएपछि औपचारिक रुपमै रन्जित रे पठायौँ । ख्याल गर, तिम्राबिरुद्ध गोर्खाली सडकमा आउलान् ।
अन्त्यमा, सुझाव दिन चाहेँ तिमीलाई- हाम्रो हैन तिम्रो देशमा भैराखेको आन्दोलन अनि बिरोधका आवाजहरुलाई ध्यान देउ, पहिला पाकिस्तानसँगको कास्मिर विवाद मिलाउ, नेपालीसँगको दार्जिलिङ, गोर्खा आन्दोलन लगायतका समस्या समाधान गर् हाम्रोमा आउनु पर्दैन, बरु तिम्रो विवाद मिलाउन सक्दैनौँ भने भन् हामीलाई । हामी पहल गर्दिम्ला, इतिहास साक्षी छ, गोर्खालीले आँटेको काम पुरा गरेर छाडछन् । त्यसैले गोर्खालीलाई जिस्काउने काम नगर् ।
– विमल क्षेत्री
नेपाली छोरो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्