
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ ।विहान राजधानीमा भएको गोप्य भेटवार्तामा प्रचण्डले गच्छदारलाई संविधान निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । आफू थारु र मधेसीकै अधिकार लागि कांग्रेस एमालेलाई ‘कन्भिन्स’ गर्न लागिपरेको जानकारी गराउँदै प्रचण्डले वार्तामा आएर संविधानसभा फर्किन गच्छदारलाई विशेष आग्रह गरेका छन् ।
आफ्नो माग पूरा गर्ने वचन प्रचण्डले दिएपछि गच्छदारले वार्तामा बस्ने एमाओवादीको प्रस्ताव मान्ने संकेत दिएका छन् । भेटवार्तामा गच्छदारले थारु र मधेसीको माग सम्बोधन भए आजैदेखि संविधानसभामा फर्किने प्रतिक्रिया प्रचण्डलाई दिएको स्रोतले जनाएको छ ।
पश्चिम तराईमा थारुवान थरुहट प्रदेशको सम्बोधन हुनुपर्ने गच्छदारको माग छ । प्रचण्ड गच्छदारबीच करिब एक घण्टा वार्ता भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्