×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेस आन्दोलनको नयाँ रेट : बसमा ढुङ्गा हाने २० रुपयाँ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मधेस आन्दोलनको नयाँ रेट : बसमा ढुङ्गा हाने २० रुपयाँ

६ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मधेस आन्दोलनमा मृतकलाई ५० लाख दिने उधारो आश्वासन दिएका मधेसवादी दलको आन्दोलनको अर्को विकृत पाटोको रहश्य खुलेको छ । कफ्र्यु लगाएर मध्यरातमा स्कर्टिङ गरिएको गाडीमा ढुंगा हान्न आन्दोलनकारीहरुले अबोध बालबालिकाकलाई पैसाको प्रलोभनमा पार्ने गरेका छन् ।

बसमा ढुंगा हानिरहेको अवस्थामा बुधवार राती दुइ बजे बाराको गढीमाई नगरपालिका वडा नं.७ जीतपुर स्थित काँटाबाट तीन जना बालक पक्राउ परेपछि यस्तो रहस्य खुलेको छ । पक्राउ परेका तीनजना बालकहरुले आफूहरुलाइ २० रुपैयाँ दिएर ढुंगा हान्न लगाइएको बयान प्रहरी समक्ष दिएका छन् ।

स्कर्टिङमा लस्करै आइरहेको गाडीमा बालबालिकाले ढुंगा हानिरहेको सुचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालयको टोलीले तीन जना बालकलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ९ बर्षिय अर्जुन सिंह , ९ बर्ष कै बिकी साह र १२ बर्षिय बिनोद महत्तो रहेको प्रहरी इन्चार्ज प्रहरी निरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । यसका साथै आन्दोलनमा बालबालिकाहरु हातमा भाटा, लाठी बोकेर सहभागी हुने गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: