Skip to content
LAXMI SUNRISE BANK

नेपालको संविधान संशोधन गर्न सुझाव दिएका छैनौंः भारतीय विदेश मन्त्रालय

अर्थ सरोकार

भारतीय विदेश मन्त्रालयले  नेपालको संविधान संशोधन गर्नका लागि कुनै सुझाव नदिएको बताएको छ। बुधबार साँझ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै ‘इन्डियन एक्सप्रेस’मा बुधबार छापिएको समाचार गलत भएको बताएका हुन्।

‘भारत सरकारले नेपालको संविधान संशोधन गर्न कुनै सुझाव दिएको छैन। संविधानको कुनै विशेष धारामा संशोधन गर्नु पर्ने नभनी हामी पहिले भनिए झैं असन्तुष्ट पक्षका माग हिंसाबाट नभई वार्ताबाट समाधान गर्नुपर्ने पुरानै कुरा जोड दिन्छौं‘ विज्ञप्तिमा भनिएको छ।

भारतीय समाचार पत्र ‘इन्डियन एक्सप्रेस’ को बुधबारको अंकमा भारतले नेपालको संविधानमा संशोधन गर्नुपर्ने सात वटा बुँदा बनाएर पठाएको भन्ने समाचार प्रकाशित भएपछि सोही पत्रिकालाई अाधार मान्दै नेपालका मिडियाले पनि समाचार सम्प्रेषण गरेका थिए।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK