
आफ्नो कुमारित्व (भजिर्निटी)को अनलाइन लिलामीलाई लिएर चर्चामा आएकी ब्रालिजकी छात्रा कटरिनाले तेस्रो पटक आफ्नो लिलामीले डेट सारेकी छिन् । ‘भर्जि्निटी वान्टेड २’ नामको वेबसाइटमा उनले आफ्नो भजिर्निटी लिलामीको अन्तिम मिति १२ फरवरीलाई तोकेकी छिन् । करिव १५ महिना पहिले उनले आफ्नो कुमारित्व बेच्ने प्रयास गरेकी थिइन । त्यसपछि डिसेम्बर १२ को भाका राखेकी उनले आफूलाई अहिलेसम्म ४ लाख ४० हजार डलर अर्थात झण्डै साढे ४ करोड रुपैयाँको अफर आएको दावी गरेकी छिन् । तर, अझै धेरै रकम पाउने आशमा उनले समय बढाएकी हुन् ।
२३ वर्षीया छात्रा कटरिनाले २०१२ अक्टोबरमा आफ्नो भजिर्निटी बेच्ने घोषणा गरेकी थिइन् । त्यसबेला एक जापानी अरबपतिले ७ लाख ८० हजार डलर अर्थात पौने ८ करोडको प्रस्ताव गरे पनि प्राविधिक कारणले डिल पूरा हुन सकेको थिएन । कुमारित्व बेच्ने फण्डाबाट चर्चामा आएकी यी कटरिनाले आफुले आफैलाई ‘२१ औं सताब्दीकी सबैभन्दा चर्चित कुमारी केटी’को पगरी गुथाएकी छिन्