पशुपति शम्शेर नेतृत्वको राप्रपा फुटेको छ। पार्टीका सय केन्द्रीय सदस्यमध्ये ६३ जनाले लोकेन्द्र बहादुर चन्दलाई अध्यक्ष चुनेका छन्। पार्टीमा नयाँ अध्यक्ष चुनिएकोबारे निर्वाचन आयोगमा जानकारी गराएको परशुराम खापुङले नागरिकन्युजलाई जानकारी दिए।
चन्द नेतृत्वमा प्रकाशचन्द्र लोहनी, सुनिलबहादुर थापा, नवराज सुवेदी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र परशुराम खापुङसहितले चन्दलाई समर्थन जनाएका छन्। चन्दलाई समर्थन गर्नेहरु प्रायः सूर्यबहादुर थापा गुटका हुन्।
पार्टीका महामन्त्री विक्रम पाण्डेका अनुसार जुन आधारमा पशुपति शम्शेर पार्टीका अध्यक्ष भएका थिए, त्यही आधारमा लोकेन्द्रबहादुर चन्द पार्टीका अध्यक्ष बनाइएका हुन्। पार्टीमा अरु हेरफेर नभएको उनले बताए।
श्रोत नागरिक न्युज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्