
वैदेशिक रोजगारीका लागि कोरिया पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । तीन महिना अघि मात्रै कोरिया पुगेका २५ बर्षीय प्रदीप भट्टले शुक्रबार दिउँसो आफु बस्ने घरको बाथरुममा झुण्डिएर आत्महत्या गरेका हुन् ।
प्रहरीले उनको साथबाट सुसाइड नोट समेत बरामद गरेको छ । सुसाईड नोटमा उनले आफ्नो परिवारलाई सम्झिँदै नेपालमा छिट्टै संविधान बनोस् र शान्ति छाओस् भनेर लेखेका छन् ।
“आमा मलाई माफ गर्नुहोला र बुढेस कालमा हजुरलाई रुवाउन पुगें । हरि दाइ आमाको राम्रो ख्याल गर्नु । आमालाई हजुरको काखमा छोडेर गएको छु । दाई तिमिले मेरो लागि धरै दुःख गर्यौ । त्यो गुन मैले यो जुनीमा तिर्न सकिन । अर्को जुनीमा अवश्य तिर्नेछु ।”
उनले लेखेका छन्- “बिदेशको भूमीमा कसैलाई पनि यस्तो दुःख नपरोस् । म कसैलाई पनि दोष दिन्न । मेरो बाँच्ने आधार सकियो । नेपालमा संविधान चाडैं बनोस्, देशमा शान्ति आओस् ।”
उनले कोरियाको खजेदोमा रहेको पानीजहाज बनाउने कम्पनीमा काम गर्दै आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्