
हे बाबा! तिम्रा पनि त गुनासाका पोका होलान् नि हगि, कति दु:ख गरेर घरखर्च जोहो गरेउ… केवल भान्सा धानेर बसेकी आमाले तिम्लाइ ओझेलमा पारिन्।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
बिहानै बन्चरो काँधमा हालेर जङ्गल जान्थ्यौ… तिम्ले चिरेका दाउराले आमाले खाना पकाउँथिन्! आमाले मिठो पकाएको देखें तर तिम्रो गुन देखिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
रुखका टुप्पामा चढेर डाला काट्थ्यौ, आमाले भुइँमा बसेर बटुल्थिन्.. हाँगो भाँच्चिएर लड्दा तिम्लाइ पनि दुख्दो त हो नि! तर तिम्रो गुन देखिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
राति कोही आए भित्र छोडेर तिमी बाहिर जान्थ्यौ… आमाले भित्रभित्रै आफू डराएर हाम्लाइ सान्त्वना दिएजस्तो गर्थिन्! डर त हुँदो हो नि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
बाबाले कमाएको पैसा झिकेर आमाले चकलेट किन्ने पैसा दिन्थिन्… हामी बाउले भन्दा आमाले माया गर्छिन् भन्थ्यौं! मैले तिम्रो गुन देख्न सकिनँ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
छोरो नबिग्रोस् भनेर तिमीले झपारी झपारी सही बाटोमा ल्याउँथ्यौ… आमाले त केवल स्वान्त्वना मात्रै दिएकी थिइन! मैले तिम्रो गुन देख्न सकिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
छोरोले विदेशबाट फोन गर्दा पनि उसको पैसा बढी काट्ला भनेर छिटोछिटो सन्चोबिसन्चो सोधेर फोन राख्नुहुन्छ… कुरा गर्ने रहर त हुँदो हो नि बाबा! 😉
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
आमा त दु:ख पर्दा रुन्थिन्, सारीको सप्कोले आँसु पुछ्थिन्, कपाल जगल्टो पारेर मुख लुकाउँथिन्… तिमीलाइ त समाजले त्यो पनि बन्चित गर्यो बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
सारा समाज पराइ हुँदा आमाको त माइत जाने विकल्प थियो… तिम्रो त त्यो पनि थिएन! तनाव बिसाउन कतै जाउँ भन्ने रहर त तिम्रो पनि हुँदो हो नि बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
तिमीले खर्च जोहो गरिगरि पढायौ… आमाले एकछिन खेल्न जा भन्दा माया देखें, तिम्ले भविष्य बनाउन गरेको मेहनत देख्नसकिन! चित्त दुख्यो होलानि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
तिम्ले मेहनत गर्ने, घर चलाउने… मैले आमाको दुधको भारा मात्रै देख्ने! “दुध निस्कन र हो नत्र त म पनि खुवाउँथें” भन्ने रहर त हुँदो हो नि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
म खसीको मासु खाने जिद्दी गर्थें… पारीपारीसम्म पुगेर भएपनि ल्याउँथ्यौ! मलाइ ह्याँकुलो दिन्थ्यौ, खाने रहर त तिम्लाइ पनि हुँदो हो नि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
तनाव मथ्थर पार्न कहिलेकाहिँ रक्सी खाएर आउँथ्यौ! आमाले “कुक्कुरको झोल खाएर आयो” भन्दै बाँसको चिर्पटले हान्थिन्, तिम्रो व्यथा बुझ्न सकिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
बाबा! मैले त तिम्रो गुन सम्झिने मात्रै प्रयास गरेको हुँ… आमा आमा भन्दै आर्टिको खेति गर्नेहरु नै बाबाको गुन सम्झंदा उर्लेको देख्यौ नि होइन?
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
तिमीले मेरो लागि त्यत्रो दुख गर्यौ… तर दु:ख पर्दा हरेकपटक “ए आमा” भन्छु। दु:ख पर्दा सुरुमा ‘बाबा’ सम्झियोस् भन्ने रहर त हुँदो हो नि बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
आमाले लसुनबारीमा लगेर नुहाइदिँदा जाडो भएर भाग्न खोज्थें… मलाइ पाखुरामा समातेर ढाड भाँचिने गरि कुट्थिन्। तिम्रो मन भक्कानिदो हो नि बाबा! 🙂
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
तिम्लाइ घरखर्च जोगाउन गाह्रो थियो… म किष्नेका दोकानमा गएर मनलागी उधारो खान्थें। उधारो ऋण तिर्ने बेला कति गाह्रो भयो होला मैले सोंचिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
घर मुन्तिरकी रेखासित बिहे गर्दिन्छु भनेर जिस्काउँदा म रोएको थिएँ… साथीले केटी मिलाइदिन्छु भन्दाचाहिँ दंग पर्छु! तिम्रो गुन बुझ्नसकिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
दिदीले टिकालाएर जम्मा गरेको पैसाले चकलेट किनेर चुंगी लगाइ लगाइ खाँदा मैले टुलुटुलु हेर्थें… ला छोरा “भेली” भएनि खा भनेको बिर्सेकोछैन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
पुराना छालाजुत्तामा फाटेका मोजाले काम चलाउँथ्यौ… मोजाकै भएपनि भकुण्डो खेलोस् भनेर ती पनि त्याग गरेउ हगि! तिम्रो व्यथा बल्ल बुझ्दैछु बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
गहुँ छर्दा हिंगा चढ्ने रहर गर्थें… भिरालोमा छोरो लड्ला भनेर दिनभर सम्मो पाटोमा हिंगा लगाउँथ्यौ! भिरालो पाखो छर्ने हतार कहिल्यै गरेनौ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
भन्यो भने गफ गरेजस्तो होला! तर तिमीले मलाइ स्वतन्त्रता पनि दिएका थियौ… जवानीमा रमाइलो गर्नुपर्छ भनेर मेरा साथीका कुनै बाले भनेनन् रे बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
साँझ पर्नासाथ भैंसी दुहुन्थ्यौ, आमाले दुध तताएर तरजति मलाइ खनाइदिन्थिन्… तिमी डालाभरि मकै छोडाउन थाल्थ्यौ, एकछिन पनि आराम गरेनौ है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
आमाले आगोको भुग्रो जम्मा गरेर मलाइ सेकाउँथिन्… बचेखुचेको कोइला बटुलेर तिमी तमाखु भर्थ्यौ! तातो कोइलाले तमाखु भर्ने रहर त हुँदो हो नि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
एसएलसी पछि आमाले घरमै बसोस् छोरो भन्ने रहर गर्दा “पढ्नेभए जान्छ नत्र भैंसी किन्दिन्छु” भनी काठमाडौँ धपायौ… त्यो निर्णय दुरदर्शी रहेछ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
भन्यो भने झेल्ला देखिएला! तर बालकविता प्रतियोगितामा तिमीले लेखिदिएकै कविता बाचनले प्रथम भएको थिएँ.. साहित्यमा रुची जगाइदिने तिमी नै हौ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
आमाले मकै पिसाउन मिलमा पठाउँथिन्… घर फर्किन अबेला हुँदा जङ्गलको बाटो छोरो डराउला भन्दै धिमधिमे टर्च बोकेर लिन आउँथ्यौ, माया गर्थ्यौ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
आमाले सानो सानो निहुँमा पनि माइत जाने धम्की देखाउँथिन्, दिदी र म पनि उस्तै पुल्पुलिएका थियौं… चित्त त तिम्रो पनि दुख्यो होला नि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
दिनभरीको लखतरानपछि खाना खाइओरी ओछ्यानमा पल्टिंदै छोरा बिबिसी नेपाली टिपाइदेन भन्थ्यौ… मैले जानाजान “ह्या बाबा, आज सर्टवेबमा” टिपेन भन्थें।
— विजय कुमार पाण्डे (@meVeekay) May 29, 2015
तिमीले साधनस्रोत जुटाएर मलाइ हरसम्भव खुशी बनाउने प्रयास गर्यौ… मैले जवानीको आडमा बेतुकका गीतिकथा सुन्ने लोभले समाचारबाट बन्चित गरें बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 29, 2015
एकपटक मेरो ओछ्यानमुनि कालो सर्प गुजुल्टिएको थियो। म एकदम तर्सेंथें नि! त्यतिबेला झुम्रो सल्काएर सर्प बाहिर निकालेर मार्यौ… याद छ बाबा सबै।
— विजय कुमार पाण्डे (@meVeekay) May 29, 2015
मौरीले घार फुटाउँदा पानी र माटोले हान्थ्यौं, अग्लो फोस्राको टुप्पोमा गएर गोलो लाग्थ्यो… छोराले मह खाओस् भनेरै आफू मौरीको टोकाइ खायौ बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 29, 2015
म कहिलेकाहिँ ठुलै गल्ती गर्थें! छोरो ठुलो भएछ, यस्तै गरेसी झन ठुलो भइन्छ भन्दै घुमाउरो गाली गर्थ्यौ… सिस्नोपानीले भन्दा बढी पोल्थ्यो बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 30, 2015
दु:ख गरेर हुर्कायौ, सरकारी स्कुलमै भएपनि पढायौ.. कहिलेकाहिँ मुनाका पुरानै अंक भएपनि खोजेर ल्याइदियौ! मेरो पहिलो लाइब्रेरी घर नै थियो बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 30, 2015
उबेला अलार्म हुन्थेन केही हुन्थेन, तर पनि हरेकदिन ४ बजे उठेर गोठाल्याइँ गर्थ्यौ… म यहाँ ४ पटक रिपिटेड अलार्म लगाएर पनि उठ्न सक्दिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 30, 2015
सानोमा बाख्राका पाठा उचालेर मुनुमुनु गर्थें, बारीका डिलतिर लगेर चराउँथें… गाहकीले राम्रै दाम दिँदा पनि मेरै जिद्दीका कारण बेचेनौ है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 31, 2015
मैले गलत बाटो अपनाउँदा सम्झाउँथ्यौ… म चाहिँ “यो उ जमाना होइन, चुप लाग बा” भन्दै आफ्नै सही थाप्थें, अहिले सम्झँदा समेत हीनताबोध हुन्छ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 31, 2015
तिम्ले सुर्ती बनाउन घाममा सुकाएको काँचापात बारीमा हुर्र्याइदिन्थें.. चुरोटको पैसा जोगाइ मेरो पढाइमा लगाउन खोजेका रहेछौ बाबा, बुझिन त्योबेला।
— विजय कुमार पाण्डे (@meVeekay) May 31, 2015
तिम्ले भलीबल नकिन्दिँदा “घर छोडें” भन्दै बारीमा गएर दिनभरि मकैडाँठको थुप्रोमा लुकेको थिएँ.. पुरै गाउँ खोज्यौ तर भेटाएनौ, कति सताएँ है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 31, 2015
सानोमा दाँत हल्लिन्थे, हल्लेका दाँत चामलका बोराको धागोले बाँधेर फुकाल्दिन्थ्यौ.. छोरोलाइ नदुखोस् भनेर क्लिनिक लैजाने रहर त हुँदो हो नि बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 1, 2015
बाबा तिमीबाट मैले जिम्मेवारी के हो भनेर सिकें, सिक्दैछु र अझै सिक्नुछ! सायद सिकेर सकिन्न पनि… तरपनि एक असल बाबा बन्ने प्रयत्न सधै गर्नेछु।
— विजय कुमार पाण्डे (@meVeekay) June 1, 2015
जे नगर भन्यो त्यही गरें… दिनभर काम न काजसित पोथ्रा छिनाल्दै हिँड्थें। भर्खर आरान लगाएको खुर्पा भाँचेर घर फर्किंदा पनि केही भनेनौ है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 1, 2015
बिहेको निम्तो तिमीलाइ मात्रै हुन्थ्यो, म पछि पछि लाग्थें… ठुलै भैसक्दा समेत पछि लाग्न छोडिन। कस्तो कस्तो त तिमीलाइ पनि हुँदो हो है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 1, 2015
मलाइ एकदिन ननुहाउँदा त साथीहरु पसिना गनाइस् भन्दै खिन्न पार्छन्… दशैँ मान्न गाउँ गएका आफ्नै भाइले गोबर गनायौ दाइ भन्दा कसरि सहन्थ्यौ बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 2, 2015
तिमी शहर आउँदा आमालाइ कुरौनी घोट्न लगाएर ल्याइदिन्थ्यौ.. म गाउँ छँदा पूजाकोठा सफा गर्न गाइको गोबर ल्याइदे भन्दा पनि मानिन! पछुतो लाग्छ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) June 3, 2015
झुस नपुछि काँचा आरु टोक्थें… राति पेट दुखेर रुँदा अँध्यारोमा छामछाम छुमछुम गर्दै टुकी सल्काउँथ्यौ। अहिले खाने मान्छे समेत छैनन् है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 3, 2015
च्या पसलमा चुरोटको मुस्लो छोड्दै “हाम्रो घरको सुड्डो यस्तो र उस्तो” भन्दै आफ्नै बा का कुरा काट्छन्.. आजकालका आधुनिक छोराहरु यस्तै हुन् बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
सानो छँदा जातीबिती चकचके थिएँ, जतिबेला पनि अखन्द्रो गर्थें.. तर अरुले सोध्दा ज्ञानी छ भन्थ्यौ.. म साँच्चै नै ज्ञानी भैदिएको भए हगि बाबा! :))
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
आज होमवर्क गर्दा झुक्केर कम्पासको टुंडोले हात घोंच्यो… तर त्यसको दुखाइले बाल्यकालमा खालि खुट्टा दगुर्दा काँडा बिझेको याद दिलायो बाबा! 🙂
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
सानो छउन्जेल सबथोक पुर्याएर हुर्कायौ… ठुलो भएर तिम्लाइ स्याहार गर्ने बेलामा पखेटा हालेको बेचेरो गुँडबाट उडेजस्तै फुत्त घर छोडें बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
म सहर पसेपछिपनि सकिनसकी एउटा भैंसी पालेका थियौ.. आफूले कुँडे पखालेको खैरो चिया खान्थ्यौ तर मेरो लागि बट्टाभरि घ्यू जम्मा गरिदिन्थ्यौ बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
फोनमा कुरा त काठमाडौं हुँदा भन्दा धेरै हुन्छ तर पनि विदेश भनेपछि अर्कै हुने रैछ, मम्मीले सम्झेर आँसु झार्छे भन्यौ बाबा.. मन अमिलो भयो मेरो।��
— विजय कुमार पाण्डे (@meVeekay) June 20, 2015
कति सानासाना कुरामा जिद्दी गर्थें है बाबा! हजुरबाले पूजा गर्दा धरो लगाएको देखेर मलाइ पनि धरो चाहियो भन्दै दिनभरी खुब रोएको याद आयो बाबा। 🙂
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
सानो छँदा मैले जम्मा गरेका भुरुंग र गुच्छा देख्यौ भने नेटो कटाइदिन्थ्यौ… आजकाल भेट्यौ भने सम्झनाका लागि राख्छौ। कस्तो अनौठो माया हगि बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
बाबा भन्नुहुन्थ्यो: मान्छेहरु हाच्छ्यूँ आउँदा रुमालले नाकमुख छोप्न बिर्सिए… बुर्जुवा शिक्षाले उनीहरुलाइ अंग्रेजीमा ‘Sorry’ भन्न सिकायो! 🙂
— विजय कुमार पाण्डे (@meVeekay) June 22, 2015
च्या पसलमा चुरोटको मुस्लो छोड्दै “हाम्रो घरको सुड्डो यस्तो र उस्तो” भन्दै आफ्नै बा का कुरा काट्छन्.. आजकालका आधुनिक छोराहरु यस्तै हुन् बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
जङ्गलमा बाघ, झाडीमा सर्प, पखेरामा पहिरो! हरेकपल जीवनमरणको सङ्घर्ष चल्थ्यो… आमाले मलाइ एक जन्म दिइन्, तिमीले मलाइ कैयौं मृत्यु जितायौ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
तिमीलाइ छोराका सबै रहरहरु पुरा गर्न सकिएन भन्ने लाग्दो हो… तर जे जति दियौ पर्याप्त दियौ, केही गुनासो छैन! अब केवल आशिर्वाद दिए पुग्छ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 31, 2015

बाबा सम्बन्धी मेरा ट्वीटहरु