×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किशोरीको सर्पसँग बिहे, यो कस्तो अन्धविश्वास ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

किशोरीको सर्पसँग बिहे, यो कस्तो अन्धविश्वास ?

१५ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अन्धविश्वासको पनि हद हुन्छ । भारतको बिहारस्थित औरंगावाद जिल्लाको देव प्रखण्ड इलाकामा पर्ने बेढनी गाउँमा अन्धविश्वासको एउटा यस्तो दृश्य देखियो जसले अहिलको युग विज्ञानको युग हो भन्ने दाबीलाई फरिया लगाइदिइएको छ ।

उक्त गाउँकी एक किशोरीको बिहे पौराणिक कथामा सुनिने इच्छाधारी नागसँग हुन लागेको अफवाह फैलियो । भगवान इच्छाधारी नाग आफै बेहुलो बनेर आउने अनि ती किशोरीलाई बिहे गर्ने भन्ने किम्वदन्तीजस्तो अफवाह एक कान दुइ कान मैदान हुँदै जताततै फैलिएपछि मानिसहरुमा उत्सुकता नहुने कुरै भएन । कुनै पुराणको कथामा सुनेको मानिस र नागबीचको बिहे आफ्नै आँखाले हेर्ने लालसाका साथ मानिसहरु उक्त किशोरीको घरमा जम्मा हुन थाले । बिहे हेर्नका लागि झण्डै ५० हजार मानिस जम्मा भए ।

अब नाग आउँछन् र किशेारीलाई बिहे गर्छन् भन्दै परिवार तथा आफन्त ढुक्क थिए । ती किशोरीलाई बेहुली पहिरनमा सजाएर लामै समयसम्म उभ्याइएको थियो । आखिर किशोरीलाई बिहे गर्न कुनै इच्छाधारी नाग त्यहाँ टुप्लुक्क बेहुलो बनेर आउने कुरै थिएन र आएन पनि ।

यसरी इच्छाधारी नागसँग बिहे गर्न लागेको हल्ला चलाइएकी किशोरी स्थानीय अखिलेश भुइयाँ नामका पुरुषकी छोरी रेणु कुमारी हुन् । उनलाई आफ्नै बाउआमा तथा परिवारले किन यसरी बलिको बोको बनाए र हुँदै नभएको हल्ला चलाएर गाउँमा सनसनी फैलाए भन्ने चाहीँ खुलेको छैन । दाबी अनुसार किशोरी बिहे गर्न इच्छाधारी नाग नआएपछि बिहे हेर्न आएका हजारौँ गाउँलेहरु निरास भएर गाली गर्दै फर्केका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: