×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेसी दलहरुले भ्रम फैलाएर हिंसा भड्काए : नेत्रृ भण्डारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मधेसी दलहरुले भ्रम फैलाएर हिंसा भड्काए : नेत्रृ भण्डारी

Artha Sarokar

१७ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पथरी (मोरङ), १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले जस्तोसुकै हालतमा पनि आफ्नो पार्टी संविधान जारी गर्ने पक्षमा रहेको बताएकी छन् ।

एमाले मोरङले बुधबार विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेत्री भण्डारीले विभिन्न जातजातिका नाममा भइरहेका हिंसात्मक आन्दोलनबाट संविधान जारी गर्ने प्रक्रियामा अवरोध पुग्ने भएपनि संविधान जारी भएरै छोड्ने बताइन् ।

आन्दोलनरत मधेसवादी दलहरु वार्तामा आउन नचाहेको बताउँदै उनले विभिन्न भ्रम फैलाएर हिंसात्मक आन्दोलन चर्काउने काम बन्द गर्न ती दललाई आग्रह गरिन् ।

महासचिव ईश्वर पोखरेलले समाजमा हिंसा भड्काउने खालका अपराधिक गतिविधि गर्ने नेपाली जनता नभएको बताए ।

सचिव भीम आचार्यले संविधान जारी गर्न नदिने तत्वले हिंसा भड्काएको बताए । रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी