×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ संविधानको घोषणा हुनै लाग्दा मधेसी नेता रातारात काठमाडौं किन आए ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नयाँ संविधानको घोषणा हुनै लाग्दा मधेसी नेता रातारात काठमाडौं किन आए ?

३१ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

असोज तीन गते नयाँ संविधान घोषणा हुने मिति तय भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु राजधानी फर्किएका छन् ।
तराई मधेसमा एक महिनादेखि बन्द हड्ताल गरि आन्दोलन गरिरहेका मधेसी नेताहरु मिति तय भएपछि रातारात राजधानी फर्किएका हुन् । आफ्ना माग पूरा हुने अपेक्षाका साथ उनीहरु आन्दोलनको मैदानबाट काठमाडौं फर्किएको स्रोतले जनाएको छ ।
‘संविधान घोषणाको अन्तिम समयसम्म पनि आफ्ना माग पूरा गर्न सरकारले वार्तामा बोलाउँछ छ कि भन्ने ठानेर नेताहरु काठमाडौं आए तर, माग सम्बोधनमा कसैले चाँसो देखाएनन्’ मोर्चाका एक नेताले दैनिक नेपाललाई बताए । उनका अनुसार मोर्चालाई वार्तामा नबोलाएर संविधानसभाबाट संविधान पारित भएपछि नेताहरुले अब माग पूरा हुने आश मारेका छन् ।
अब वार्ताबाट माग पूरा नहुने ठहर गर्दै उनीहरुले बुधबारै कडा संघर्ष गर्ने निर्णय समेत गरे । ‘वार्ताको आशा बोकेर काठमाडौं आएका थियौं तर, यहाँ हाम्रो गन्ति नै भएन्, अब कडा संघर्ष बाहेक हामीसँग अरु विकल्प छैन् ।’ ती नेताले भने ।
बुधबार भक्तपुरको सानो ठिमीस्थित महन्थ ठाकुरको घरमा बसेको बैठकले संविधान जारी हुने दिन असोज ३ गते विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकमा संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, तमलोपाका महन्थ ठाकुर, हृदेश त्रिपाठी र सर्बेन्द्र सुक्ला सहभागी थिए । सदभावनाबाट महासचिव मनिष सुमन र तराई मधेश सद्भावनाका महेन्द्र राय यादव र रामनरेश राय यादव बैठकमा सहभागी थिए ।
यी सबै नेता आन्दोलनको मैदान छाडेर वार्ता र माग सम्बोधनको आशा बोकेर काठमाडौं आएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: