
चार दलको बैठकमा सहभागी हुन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार प्रवेश गरेलगत्तै एकाएक दर्जन बढीको संख्यामा थारु नेता र सभासदको हुलै बालुवाटार प्रवेश गरेको हो ।
एकाएक थारु नेताको हुलै बालुवाटार प्रवेश गरेपछि त्यहाँ उपस्थित नेता र सुरक्षामा खटिएका सुरक्षाकर्मी अचम्ममा परेका थिए । तर, उनीहरुले शीर्ष नेताहरुले बैठकमा बोलाएर आएको बताएपछि अवस्था समान्य भएको थियो ।
संविधान निर्माण प्रक्रियाबाट बाहिर रहेका शक्तिलाई सहमतिमा ल्याउन बालुवाटारमा छलफल गरिरहेका चार दलका शीर्ष नेताले बोलाएपछि थारु नेताहरु आफ्नो पुरै फौज ल्याएर आएका हुन् ।
शीर्ष नेताको आग्रह थारु नेताहरु पनि आजैदेखि वार्तामा आएका छन् । चार दलको बैठकमा सहभागी हुन थारु नेताहरु राजकुमार लेखी, रुक्मणी चौधरी, अमनलाल मोदी र मिनराज थारु, थारु संघर्ष समिति पदाधिकारी लगायत झण्डै आधा दर्जन थारु सभासदहरु पनि बालुवाटार आएका छन् ।
अहिले चार दल र थारु नेताहरुबीच संयुक्त वार्ता सुरु भएको छ । चार दलका शीर्ष नेताको आग्रहमा थारु नेताहरु वार्ता प्रक्रियामा सहभागी भएपछि अब छिट्टै सहमति हुने नेताहरुले बताएका छन् । बालुवाटार बैठकमा सहभागी एक नेताका अनुसार थारुहरुलाई सहमतिमा ल्याउन सबै गम्भीर देखिएकाले वार्ताले आजै सार्थकता पाउने सम्भावना रहेको बताए ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायत दोस्रो तहका नेता सहभागी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्