×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मलेसियामा प्रहरी कुटेको आरोपमा १८ नेपाली पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मलेसियामा प्रहरी कुटेको आरोपमा १८ नेपाली पक्राउ

Artha Sarokar

२५ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एकजना पुरुष प्रहरीमाथि कुटपिट गरेको आरोपमा मलेसियाको पेनाङबाट १८ जना नेपाली पक्राउ परेका छन् । गत आइतबार बेलुका बुकित तेङ्गाहमा रहेको कुखुरा दाना प्रशोधन हुने कारखाना परिसरमा ती प्रहरीमाथि कुटपिट भएको आरोपमा पक्राउ परेका उनीहरु रिहा भए वा नभएकोबारे कुनै जानकारी पाइएको छैन । घटना के कारणले भयो, भन्नेसमेत उल्लेख गरिएको छैन ।

खोसिम हत नाम गरेका ५६ वर्षीय प्रहरीमाथि भएको कुटपिट घटनापछि ती नेपालीहरुसहित चार भियतनामी महिला र एक इण्डोनेसियाली नागरिकसमेत पक्राउ परेका स्थानीय समाचार संस्था बर्नामाले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । कुटपिटपछि ती प्रहरी अर्धचेत अवस्थामा भेटिएका र उनलाई सहकर्मीहरुले उद्धार गरि अस्पताल पुऱ्याएका उल्लेख गरिएको छ । उनको टाउको र शरिरमा गम्भीर चोट लागेको छ । करङसमेत भाँचिएको र टाउको अगाडि भागमा पाँच टाँका लगाइएको छ ।

गत साता बुधबार मलक्काको तामन तासिक उतमा अपार्टमेन्टमा चक्कु देखाएर प्रहरीलाई चेतावनी दिने अर्का एक नेपाली युवालाई समेत प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले घटनाहरुको अनुसन्धान भइरहेको जनाएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी