
पत्रकार ऋषि धमलाकी पत्नी एलीजा गौतम क्यानडा उडेकी छिन् । काखमा रहेकी छोरी पनि साथै लिएर एलीजा बिहिबार क्यानडा प्रस्थान गरेकी हुन् । क्यानडामा रहेको परिवार भेट्न उनी क्यानडा गएकी हुन् ।
हङकङ पुगेपछि उनले धमलाको सम्झना गर्दै फेसबुकमा छोरीसहितको फोटो सार्वजनिक गरेकी छिन् । सधै व्यस्त रहने धमलाले भने फेसबुकमा आफ्नी पत्नी र छोरी क्यानडा उडेपछि अहिलेसम्म केहि लेखेका छैनन् ।
क्यानडा जानु अघि धमलाले आफ्नी पत्नीलाई बिदाई गरेका थिए । बिदाई हुँदाको पलका तस्वीर पनि एलीजाले फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । एलीजा फेसबुकमा निकै सक्रिय छिन् ।
ऋषि धमला पनि सक्रिय नै देखिन्छन् । तर, उनले फेसबुकमार्फत समाचारहरु मात्र सयेर गरीरहेका देखिन्छ । पारिवारीक तस्वीरहरु फेसबुकमा उनी कमै मात्रामा हाल्छन् ।
धमला पत्नी एलीजा कहिले फर्किने हुन् उनले केहि बताएकी छैनन् । एलीजाको भाई आकाश गौतम पनि क्यानडामा नै रहँदै आएका छन्