
फेसबुकका संस्थापक तथा सिईओ मार्क जुकरबर्गसँग भेट्न लागेका मोदीलाई जुकर्बर्गले नै कुनै प्रश्न भए सोध्नलाई उनले आव्हान गरेका थिए।
मेन्लो पार्कस्थित फेसबुकको हेडक्वार्टरमा नेपाली समयअनुसार आज राति पौने दशबजे उनले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम छ।
जुकरबर्गले मोदीसँगको भेटको पुरानो फाइल फोटो फेसबुक वालमा पोस्ट गर्दै मोदीलाई केही प्रश्न भए सोध्न आह्वान गरे लगत्तै संसारभरबाट भारतीय दादागिरीदेखि आक्रोसित नेपालीहरुको उक्त पोष्टमा कमेन्टका वर्षा गरेका छन्।
नेपालले संविधान जारी गरेको निहुँमा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीबाट आक्रान्त नेपाललीले अन्तरार्ष्ट्रिय कानुन र मानवीयताको सवालमा मोदीलाई प्रश्न गरेका छन्।
सार्वभौम मुलुकमाथि हस्तक्षेप गर्ने भारतलाई कसरी विश्वकै ठूलो लोकतान्त्रिक मुलुक मान्ने?, छिमेकीलाई नाकाबन्दी लगाएर पीडा दिएको, नेपालमा नांगो हस्तक्षेप किन गरेकोजस्ता थुप्रै प्रश्नहरु मोदीलाई सोधिएका छन्। नेपाललाई माया गर्ने संसारभरका फेसबुक प्रयोगकर्ताले मोदीसँग प्रश्न राखिरहेका छन्।
जुकरबर्गले फेसबुकमा पोस्ट् गरेको स्टाटसमा आइतबारै मोदीले उनका फेसबुक फ्यानहरुसँग लाइभ च्याट गर्ने भएका छन् ।
मोदीले जुकरबर्गसँगै रहेर लाइभ च्याट शुरु गर्नेछन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फेसबुक मार्फत संसारभरबाट नेपालमा नाकाबन्दी किन भन्दै प्रश्नको ओइरो लागेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्