×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आङकाजी शेर्पालाई पाँच वर्षको जेल सजायँ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आङकाजी शेर्पालाई पाँच वर्षको जेल सजायँ !

Artha Sarokar

२६ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई पाँच वर्षको जेल सजायँ हुने भएको छ ।

सामाजिक सञ्जालमार्फत जथाभावी लेखेर सद्भाव भड्काउन खोजेको अभियोगमा शेर्पालाई पाँच वर्षको जेल सजायँ हुने सम्भावना बढेको हो । संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य समेत रहेका शेर्पालाई सामाजिक सद्भाव भड्काउने सन्देशहरु लेखेको भन्दै प्रहरीले १० दिन अगाडि १६ भदौमा काठमाडौंबाट पक्राउ गरेको थियो ।

उनीबिरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोग पत्र दर्ता गरेको छ । सामाजिक सद्भाव भड्काउने अभियोगमा अदालतबाट दोषी ठहर भए शेर्पालाई विद्युतीय कारोबार ऐन अन्तर्गत पाँच वर्ष जेल सजायँ र एक लाख रुपैयाँ जरिवाना हुनेछ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले शेर्पालाई म्याद थपेर अहिले हिरासतमा राखेको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अदालतको फैसलापछि शेर्पालाई जेल चलान गर्ने कि धरौटीमा छाड्ने कुराको टुङ्गो लाग्ने बताए ।

शेर्पाविरुद्ध दायर भएको अभियोगमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतले बहस थाल्ने अधिवक्ता श्री बुढाथोकीले जानकारी दिए ।

कैलालीको टीकापुरमा प्रहरीका एसएसपीसहित मारिने गरी भएको हिंसात्मक घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु लेखेपछि प्रहरीले दुई साता अगाडि पक्राउ गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी