
काठमाण्डु, २५ भदौ – आम उपभोक्ताका लागि आगामी दसै निकै महँगो बन्ने देखिएको छ । एक महिनादेखि जारी तराईको बन्द, हडताल र यसलाई आधार बनाएर व्यापारीहरुले महँगी बढाउँदै जानु तथा सरकारले अधिकतम खुद्रा मुल्य (एमआरपी) लागु गर्न नसक्ने अवस्था सिर्जना हुनुजस्ता कारणले नेपालीको महान् चाड दसै निकै महँगो बन्ने देखिएको हो ।
बन्द, हड्तालका कारण छिमेकी मित्रराष्ट्र भारतबाट आउने अत्यावश्यक पेट्रोलियम पदार्थबाहेक सबै खाद्य र अन्य सामानहरु बोकेका ट्रक, कन्टेनर नाकामा अलपत्र पर्नु, तथा अर्को छिमेकी राष्ट्र चीनबाट आउने सामानसमेत भूकम्पका कारण तातोपानी जाने सडक पूर्ण सञ्चालनमा नआउनु र अन्य नाकाहरुबाट समेत अत्यावश्यक सामान आयात हुन नसक्ने भएका कारण दसै महँगो पर्ने देखिएको छ ।
दसैमा नियमित मागभन्दा तेब्बर खपत बढ्ने गरेको छ । दसै आउन एक महिना बाँकी रहे पनि अहिलेदेखि नै बजारमा २० प्रतिशतको हाराहारीमा मूल्य बढीसकेको उपभोक्ताअधिकारकर्मीहरुको अनुभव छ ।
राजधानी दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्