
प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएकै दिन राजीनामा दिने भएका छन् । ३ असोज साँझ ५ बजे बिशेष कार्यक्रम गरी संविधानसभा भवन नयाँ बानेश्वरबाट राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले संविधान जारी गरेलगतै देशबासीका नाममा संवोधन गरी प्रधानमन्त्री कोइरालाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले बताएको छ ।
३ असोजमै राजीनामा दिने भएपछि प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्र संघको महासभामा भाग लिने आफ्नो पूर्व निर्धारित कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री नजाने भएपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे महासभामा भाग लिन जाने भएका छन् ।
३ असोज साँझ प्रधानमन्त्री कोइरालाले बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘संविधान निर्माण भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिने आफ्नो पूर्व घोषणालाई पालना गर्न ३ असोजमै राजीनामा तयारी गर्नुभएको छ’ उनी निकट स्रोतले भन्यो ।
प्रधानमन्त्री कोइरालालाई संविधान जारी भएको एक साताभित्र राजीनामा दिन संविधानसभाले प्रस्ताव नै पास गरिसकेको छ । संविधान जारी भएको एक साताभित्र नयाँ प्रधानमन्त्री, २० दिनभित्र सभामुख र एक महिनाभित्र राष्ट्रपति चयन गर्ने प्रस्ताव बुधबार पारित भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्