
काठमाडौं ।
१० वर्ष जनयुद्ध लडेको एकीकृत माओवादी शान्ति प्रकृया हुँदै यहाँसम्म आइपुग्दा ऊ माथि जनताको ठूलो भरोसा थियो । त्यो आशा र भरोस सेलाउँदै जान थप १० वर्ष पनि लागेन । चुनावी कारण जे देखाए पछि २०६४ सालको संविधानसभा चुनाव र ०७२ सालमा भएको दोस्रो संविधानसभा चुनावको नतिजाले त्यो कुराको पुष्टि गरिसकेको छ । आम जनता मात्र होइन, एमाओवादी भित्रका जिम्मेवार नेता कार्यकर्ताको तिब्र असन्तुष्टि, विदेश पलायन र पार्टी परित्यागका पछिल्ला निर्णयले पनि माओवादी ओरालो लाग्दैछ भन्ने देखाउँछ ।
त्यसको एउटा प्रमुख कारण हो, पार्टी हेडक्वाटरमा रहेका अध्यक्ष प्रचण्डका केही सहयोगीको भूमिका । आफ्नै जात र नातेदारहरु अध्यक्ष र वरिष्ठ नेताहरुका सहयोगी हुँदा निक्कै आलोचना भएपछि पार्टी निर्णय अनुसार नै अध्यक्ष लगायत केही नेताका सहयोगी परिवर्तन गरिएको थियो । पछिल्लो समय पार्टी परित्याग गर्नेहरुले पनि प्रचण्ड भन्दा प्रचण्डको सचिवालयका व्यक्तिहरु ठूलो भएको गुनासो गर्छन ।
तर सरुवा र परिवर्तन गरेका पछिल्ला सहयोगीका कारण पार्टी अहिले यो अवस्थामा आएको र नेता कार्यकर्ताको निरासाले सिमा नाघ्न थालेको पार्टी भित्रैका नेता कार्यकर्ता पंक्तिको गुनासो छ । एमाओवादीका सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएर खेती किसानी तर्फ लागेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री नेता लोकेन्द्र विष्ट अन्तर्वाताकै क्रममा गुनासो पोख्दै थिए, पार्टी छोड्नुको एउटा प्रमुख कारण प्रचण्डका सहयोगीहरुको असहयोगी र च्याप्लुसे व्यवहार थियो ।
‘हाम्रो हाम्रा अध्यक्षसँग सहज पहुँच छैन । फोन गर्दा पनि अध्यक्षसँग सम्पर्क गर्न सकिन्न । अथवा फोन उठाउने सहयोगीले आफूलाई फाइदा हुने काममा बाहेक सितिमिति प्रचण्डलाई फोन दिन्नन् ।’ यो विष्टको मात्र गुनासो होईन माओवादीका धेरै इमान्दार नेता कार्यकर्ताको गुनासो हो ।
एक नेताको भनाई थियो, ‘अमरेसकुमार सिंह, भारतीय एजेन्टहरुले हामीलाई कुल्चेर शानका साथ अध्यक्षलाई भेटछन्, हामी चाँही हेरेको हेर्यै ।’ जिम्मेवार नेताकार्यकर्तालाई नै यसरी नैराश्यता उत्पन्न गराउने तिनै प्रचण्डका स्वकिय सचिव र सहयोगी हुन् । यस विषयमा एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एउटा अन्तरवार्ताकै क्रममा भनेका थिए ।
नेताहरुले गुनासो गरेअनुसार प्रचण्डका स्वकिय सचिव चुडामणी खड्का र सहयोगी शिव खकुरेल अनि नेता डा. बाबुराम भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेको व्यवहारले धेरैलाई चिढ्याएको छ, निसास बनाएको छ । उनीहरुको चित्त नबुझाएसम्म अध्यक्ष प्रचण्ड र नेता भट्टराईसँग पार्टीका जिम्मेवार नेताको पहुँच धेरै टाढाको विषय भएको छ ।
श्रोतले दिएको जानकारी अनुसार, प्रचण्डका स्वकिय सचिव खड्का अध्यक्षका सूचना बेचेर फाइदा लिन खप्पिस छन् । बेलुकी पख शसस्त्र प्रहरीको भ्यानमा चढेर व्यापारीहरुसँग मदिरा उठाउने गर्छन । प्रहरीको सरुवा बढुवा गराए वापत कमिशन लिन्छन् । काठमाडौका होटलमा बेलाबेला हुने जाँड पार्टीमा व्यापारी, पत्रकार र प्रहरी पर्छन ।
शसस्त्र प्रहरी प्रमुख कोषराज वन्तको आर्थिक अनियमिततामा अख्तियारसँग कुरा मिलाइदिए वापत वन्त खड्काका हरेक महिना आर्थिक लाभका श्रोत भएका छन् । जुन कुरा अध्यक्ष प्रचण्डलाई सुँईको समेत नभएको गोरखाका एक नेताले बताए ।
चुडामणीले आर्थिक कारोबारको हिसाब किताब राख्न भने नयाँ पात्र छानेका छन । प्रचण्डलाई थाहा नहोस भनेर खड्काले आफ्ना साढुभाई गुल्मीका वुद्धिबहादुर जि सी मार्फत अकुत सम्पत्ती जम्मा गरेको एकीकृत माओवादी गुल्मीका जिल्ला सदस्यले जानकारी दिए ।
जिसीको आर्थिक हैसियत खड्काका कारण रातारात उभो लागेको छ । जिसीले आर्थिक आर्जन गरेको देख्दा गुल्मीका व्यापारी पनि जिब्रो टोक्ने गरेका छन् । जिसीसँग पैसा लिने काममा प्रचण्डका सहयोगी खकुरेलले सघाएका श्रोतको दावी छ । त्यस्तै ठेक्का पट्ठा मिलाईदिने र मौका मिले विदेश पठाएर पनि खड्काले रकम कुम्लाउने गरेका छन् । -नेपाली हेड्लाइन्स डटकम
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्