×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नी प्रेमिकालाई ताकेको भन्दै साहुका छोराको हत्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आफ्नी प्रेमिकालाई ताकेको भन्दै साहुका छोराको हत्या

Artha Sarokar

१८ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

१८ भदौ, काठमाडौं । आफ्नी प्रेमिका ताकेको भन्दै राजधानीको एक फर्निचर पसलमा काम गर्ने एकजना भारतीय युवकले आफ्नै साहुका छोराको हत्या गरेका छन् ।

बिहीबार साँझ काठमाडौंको बौद्ध टुसालस्थित बीएम फर्चिनरका सञ्चालक उमेश शर्माका छोरा २० वर्षका मन्टु शर्माको हत्या भएको हो । काठ छेड्ने राँबोले घाँटीमा रोपेर हत्या गरिएको अवस्थामा शर्माको शव भेटिएको थियो ।

हत्या आरोपमा बीएम फर्निचरका हेड मिस्त्री भारत मोतिहारीका २२ वर्षका रञ्जित शर्मा पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार महिलाको विषयलाई लिएर रञ्जितले मन्टुको हत्या गरेको पाइएको छ ।

अभियुक्त रञ्जित र बीएफ फर्निचरका सञ्चालक उमेश दुबै भारतीय नागरिक हुन् । रञ्जित ०६९ सालमा काठमाडौं आएर बीएफ फर्निचरमा हेल्परका रुपमा काम थालेका थिए ।

एक वर्ष काम गरेपछि मिस्त्री भएको तर, तलव नबढाएको भन्दै उनले काम छाडेर बौद्धस्थित होटलमा काम गरे । तर, तलब बढाइदिने आश्वासन पाएपछि हेड मिस्त्री हबनेर काम गर्न सहमत भएका थिए । फर्निचर सञ्चालक उमेश भारत गएपछि मन्टुले फर्निचरमा काम गर्दै आएका थिए ।

गत साल मंसिरमा एक महिला रञ्जितफमार्फत फर्निचरमा रंग लगाउने काम गर्न थालिन् । कम गर्ने क्रममा रञ्जित र ती महिलाबीच प्रेम सम्वन्ध बनेको र बेलाबेला शारीरिक सम्पर्क समेत हुने गरेको पाइएको छ ।

तर, बिहीबार साँझ साहुको छोरा मन्टु शर्मा र ती महिला कारखानामा नदेखेपछि रञ्जितले शंका गरे । झण्डै एक घन्टापछि दुबैजना माछा लिएर आएको र खाना बनाउने क्रममा मन्टुले आफूलाई कि उक्त महिलालाई छाड कि मलाई मार, नत्र तपाई मान्छु’ भनेको रञ्जितले प्रहरीसमक्ष बयान दिएका छन् ।

खाना खाएपछि सँगै सुतेका रञ्जितले राँबोले रोपेर मन्टुको हत्या गरे । घटनामा आफूलाई शंका नहोस् भनेर उनले मन्टुका बुबा उमेश सुत्ने कोठाको झ्यालको जाली च्यातेर चोर आएको र मन्टुको हत्या गरेको बताए ।

तर, अनुससन्धानका क्रममा रञ्जितले नै हत्या गरेको खुलेको छ र उनले अभियोग स्वीकार गरेका छन् । उनलाई थप कारबाहीका लागि महानरीय प्रहरी वृत्त बौद्ध पठाइएको अपराध महाशाखाले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी